पिपुल्सको तेस्रो वार्षिकोत्सव

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

जनागाल । पिपल्स बहुमुखी क्याम्पसको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक दयामान कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा शिक्षाविद्, विद्यार्थी एवं अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्नातक तह प्रथम वर्षमा काभ्रे जिल्ला प्रथम हुन सफल छात्रा शारदा ढाकाललाई सम्मान गरिनुका साथै खेलकमा उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । क्याम्पसको वार्षिकोत्सव कार्यक्रम अन्तर्गत खुला रक्तदान कार्यक्रम समेत गरिएको थियो । जसमा ६१ जनाले रक्तदान गरेको क्याम्पसका कार्यक्रम संयोजक अच्युत ढुंगानाले जानकारी दिनुभएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: