पानी परेन, गर्मी अत्यन्तै चर्को

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

राजधानीमा मात्र होइन हिजो सोमबार ६ वर्षताकै सबैभन्दा बढी गर्मी बनेपालीहरुले पनि महसुस गरे । जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुमान गरेभन्दा पनि बढी तापक्रम पुगेको हो । महाशाखाले अघिल्लो दिन जस्तै सोमबार राजधानीमा अधिकतम तापक्रम ३२ देखि ३३ डिग्रि सेल्सियस पुग्ने अनुमान गरेको थियो । तर, त्यो भन्दा पनि बढेर सोमबार तापक्रम ३४ दशमलव २ डिग्रि सेल्सियस पुगेको छ ।

‘यो यसवर्षको मात्रै नभएर झण्डै ६ वर्षयताको सबैभन्दा उच्च तापक्रम हो’ महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो । काठमाडौंमा तापक्रमले ३६ डिग्रि नाघेको रेकर्ड पनि छ । ‘सन् १९८९ मा काठमाडौंको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो’ महाशाखाका बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भन्नुभयो –‘तापत्रमले नयाँ रेकर्ड नै चाहिँ राखेको होइन, तर पछिल्ला केही वर्षको तुलनामा चाहिं बढेको हो ।’ राजधानी बाहिर पनि तापक्रम बढेको छ । सबैभन्दा बढी गर्मी हुने धनगढी र नेपालगञ्जमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । ‘यसवर्ष मनसुन पनि शुरु भइनसकेको र प्रिमनसुनमा समेत राम्ररी पानी नपरेकाले गर्मी बढेको हो’ मौसमविद् पौडेलले भन्नुभयो । सामान्यतया जुन १० अर्थात आइतबारदेखि मनसुन शुरु हुनुपर्ने भएपनि अझै चारपाँच दिन लाग्ने अनुमान छ ।

उता लामो समयदेखि वर्षात् नभएर किसानले राखेको धानको बीउ व्याडमै डढेको छ । मकैबाली खडेरीका कारण ओइलाएका छन् । तरकारीको उत्पादनमा कमी आएको छ । झन् बनेपा र पनौती, नाला, साँगामा खडेरीकै कारण खानेपानी पनि कम भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: