पाठेघर क्यान्सर सम्बन्धी एक हप्ते जनचेतना कार्यक्रम

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

  नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशनको आयोजनामा यहि नोभेम्बर १३ देखि १८ तारिक सम्म पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी एक हप्ते जनचेतना कार्यक्रम  बनेपा नगरपालिकाका भित्रका ६ स्थानमा क्रमश ः मण्डली चर्च, मिजार गाँऊ, श्री चण्डेश्वरी बाल सदन प्रा.वि,  घोकेचौर, आजाद मा.वि., नागरिक सचेतना भवन, बाँसडोल र पतञ्जली योग भवन, बनेपामा सम्पन्न भयो ।एन ए सि सि एफ बाट संचालित उक्त ६ ठाँउका कार्यक्रमहरुमा बनेपाका जम्मा २२५ जना महिलाहरुको सहभागिता रहेको थियो भने तेस्रो दिन एन ए सि सि एफ मा संञ्चालन भएको कार्यक्रममा पाठेघर क्यान्सर सम्बन्धी जनचेतनाका दिनुका साथै २५ जना महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण पनि गरिएको थियो । पतञ्जली योग भवनमा भएको कार्यक्रम भोमि बहुउद्देश्य सहकारी संस्थाको समन्वयमा भएको थियो भने अरु सम्पूर्ण कार्यक्रमहरु बनेपा नगरपालिका वडा नं. ५ को समन्वयमा संचालन भएको थियो । मण्डली चर्च, मिजार गाँऊमा बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष श्री बलराम अधिकारीज्युको उपस्थिती रहको थियो भने श्री चण्डेश्वरी बाल सदनमा भएको कार्यक्रममा बनेपा नगरपालिका स्वास्थ्य शाखाका श्री अन्जु अधिकारीज्यू र श्री राजकुमार काफ्लेज्यूको उपस्थिति रहेको थियो । तेस्रो दिन एन ए सि सि एफ र अन्तिम दिन योग भवनमा भएको कार्यक्रम संस्थाका अध्यक्ष डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमहरुमा सामान्य क्यान्सर, पाठेघरमा तथा स्तनमा लाग्ने क्यान्सर, क्यान्सर रोगको कारक तत्वहरु, लक्षणहरु र यसबाट बच्ने उपायहरुका बारेमा एन ए सि सि एफ का प्रोग्राम अफिसर अमला देवी मानन्धर र कार्यालय सहायक सुमित्रा कर्माचार्यले प्रशिक्षण दिनुभएको थियो ।

भोमि बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठज्यूले यस जनचेतना कार्यक्रम बाट क्यान्सर सम्बन्धी शिक्षा पाउनुको सार्थै क्यान्सरका सम्बन्धमा निकै महत्वपूर्ण ज्ञान हासिल गर्न पाएको बताउँदै यस्तो कार्यक्रम समय समयमा गरिरहन पाए बढी महत्व हुने विचार ब्यक्त गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: