पा“चखालमा माइती नेपालको जनचेतनामुलक कार्यक्रम

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

पाँचखाल तामाघाटमा पौष ११ र १२ गते माइती नेपाल काठमाडौँको आयोजनामा २ दिने “हाम्रो आवाजः चेलिबेटी बेचविखन मुक्त समाज” भन्ने मुल नाराका साथ काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी भुम्लु गाउँपालिका वडा नं. ४ र पाँचखाल न.पा. वडा नं. ४ मा २ दिने जनचेतना मुलक कार्यक्रम एवं सडक नाटक सम्पन्न गरेको छ ।

कार्यक्रममा माइती नेपालका प्रशासकिय अधिकृत हस्त खड्का र अधिवक्ता सजनी जोशीको नेतृत्वमा आप्रवासन सम्बन्धि जनचेतनामुलक कार्यक्रमद्वारा दर्शक एवं स्थानीय स्तरका ग्रामीण महिलाहरुमा चेतना अभिवृद्धि गराइएको थियो । विशेषगरि चेलिबेटी बेचबिखन तथा ओसारपसार के हो ? मानव बेचबिखन तथा ओसार पसारमा (नियन्त्रण) ऐन २०६४ अनुसार बेचबिखनको परिभाषा, ओसारपसारमा सम्भावित प्रक्रिया, बेचबिखन के का लागि गरिन्छ ? बेचबिखन तथा ओसारपसारका लागि जोखिम स्थानहरु एवं कस्तो अवस्थामा सहयोग माग्ने र कुन निकायमा खबरदारी गर्ने लगायतका थुप्रै कानुनी प्रक्रियागत रुपमा अगाडी बढ्न सकिने थुप्रै उपायहरुका बारेमा थप जोड दिइएको थियो । कुनैपनि महिलालाई समस्या परेमा माइती नेपालको निशुल्क फोनमा सम्पर्क गर्न दिएर आपत परेको व्यक्तिलाई तुरुन्त सहयोग पु¥याउन र गाउँघरमा महिला चेलिबेटीहरुलाई विभिन्न किसिमका तालिम एवं जनचेतनामुलक कार्यक्रमबाट चेलिबेटीहरुको समस्या समाधान गर्ने लक्ष्यमा केन्द्रित थियो । बेचिएका र समस्यामा परेका चेलिबेटीहरुको पनि छिट्टै उद्धार गर्दै गाउँघरमा ललाइ फकाई विदेश पु¥याउन खोज्ने दलालहरुलाई सामाजिक बहिष्कार गर्दै समाजबाट अलग्याउन पछि पर्न नहुने जानकारीमा उल्लेख छ । बेचबिखन प्रक्रियालाई न्युनीकरण गर्दै अगाडी बढ्नु र समस्यामा परेका चेलिहरुको उद्धार गर्नु आफ्नो संस्थाको प्रमुख उद्देश्य माइती नेपालका कानुनी अधिवक्ता जोशी र प्रशासकीय अधिकृत खड्काले काभ्रेटाइम्सलाई बताउनुभयो ।

कार्यक्रम पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: