पाचखालको चौथो परिषद्

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

पाँचखाल । मण्डन उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति अन्तर्गत पाँचखाल गाउँ सामुदायिक समितिको चौथो परिषद् भाद्र १३ गते सम्पन्न भयो । मूल समितिका अध्यक्ष हरि नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाविस सचिवहरु टंकप्रसाद अधिकारी, हरि पन्त, विभिन्न दलका प्रतिनिधिहरु, परिषद्का सदस्यहरु, स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पाँचखाल नमूना गाविसको रुपमा विकसित भइरहेको हुँदा सम्पूर्ण पक्षले सहमति र सहकार्यमा विकास निर्माणका कार्य गर्दै जानुपर्ने धारणा राखिएको थियो । सो अवसरमा कोषाध्यक्ष सावित्री लामिछानेले प्रथम किस्ताबापत प्राप्त रु. ७ सात मध्येबाट तामाघाट पौडेलखोल्सा डाफेधोक्रा बाटोको लागि २ लाख ५० हजार, सर्वमंगल पुस्तकालय व्यवस्थापनका लागि १ लाख र पाँचखाल युनाइटेड फुटबल क्लबका लागि २ लाख खर्च भएको बताउनुभएको थियो ।
– अञ्जु गिरी, प्रशिक्षार्थी पत्रकार

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: