‘पाँच रुपैया तिरेर फूर्ति देखाउने ?’

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

सुबु थापा
हामी आजको एक्काइसौं शताब्तीमा अत्यन्त व्यस्त भई समयानुसार चल्न कोसिस गरिरहेका छौँ । हामी प्रत्येक क्षण हिँहिरहेकै अवस्थामा किन नहोस् अरुको हिँडाई, बोलाइबाट पनि केही न केही सिक्न र ज्ञान हासिल गर्न इच्छुक भइरहेका हुन्छौँ । सिक्ने समय थोरै छ त्यसैले त समय एकदम मूल्यवान छ । हिँड्डुलकै क्रममा हामीले दैनिकजसो यातायातका साधनको प्रयोग गरिरहेका हुन्छौँ । हामीजस्तो मध्यम वर्गीय परिवारका सदस्यले त यिनै साधनको प्रयोग गरेर दैनिक कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । एक त विद्यार्थी त्यहाँमाथि पनि कार्यालय समयमानै भ्याउनु नै पर्ने । दैनिक गरिने कार्यलाई यी यातायातका साधनले पुग्नुपर्ने स्थानसम्म पु¥याएर सहयोग त गरेकै छ तर त्यो सँग–सँगै ड्राइभर तथा खलासीको दुव्र्यवहार पनि सहनु नै पर्ने परिस्थिति छ । कुनै कुनै ड्राइभर खलासी पढे लेखेकै पनि छन् त कोही लेखपढ गर्न नजान्ने पनि होलान् सबैका आ–आफ्ना समस्या होलान् जसले गर्दा कोही रहरले त कोही करले गर्दा ड्राइभर खलासी भएका छन् । तर उनीहरुले बुझेका कुरालाई बुझ पचाएर पनि नबुझे झैँ गरी हामी विद्यार्थी वर्गलाई गाडीमा नै नचढाउने समेत गरेका छन् । त्यस्तै गाडीमा भाडा तिर्ने बेलामा खलासीलाई हामी विद्यार्थीसँग कार्ड छ भन्यो भने ‘कार भए किन गाडी चढ्या त’ जस्तो व्यङ्ग्य हानेर बस्छन् । कोही विद्यार्थी विद्यालयको पोशाक लगाएर गाडी कुरिरहेका छन् भने त्यहाँ गाडी नै नरोक्ने र “जाऊँ जाऊँ गुरुजी पैसा नै आउँदैन” भनी गाडी कुदाएर लान्छन् । हामीजस्तो युवालाई ५ को नोट भनि बोलाउँछन् । के हामी तिनीहरुको ५ को नोट हौँ ? सरकारले गरेको विद्यार्थी सहुलियतलाई केही वास्ता नगर्ने यी ड्राइभर खलासीलाई के भन्ने ? यदि कुनै प्यासेन्जरले २, ३ रुपिया मात्र पनि कम दिएको छ भने इज्जत नै नरहने गरी गाली दिन्छन् । यसैगरी हामीलाई नपुग पैसा दिएको चाहिँ कुनै वास्ता छैन । त्यो फिर्ता नगरेको पैसा पनि त घुस खाएकै बराबर त होनि । कुनै–कुनै व्यक्तिको नक्कली परिचय पत्रले विद्यार्थी सहुलियत लिँदा त्यसको सुइको समेत नपाउने अल्पज्ञानी खलासी आफूलाई निक्कै हिरो समेत ठान्छन् ।
कुरा केही दिनको मात्र हो । म बिहान आफ्नै समयमा अफिस जान भनी गाडी चढेँ र मेरो ओर्लनुपर्ने स्थान आउनु केही दूरी पूर्व एकजना महिला गाडीमा चढ्नुभयो । त्यतिखेर ड्राइभर खलासीले म लगायत अरु पेसेन्जरलाई त्यही ओर्लन आदेश दिए । हामी करिब ४÷५ जना थियौ ओर्लने, पानी पनि परिरहेको थियो र म ड्राइभर नजिक भएकोले ड्राइभरलाई अनुरोध गरेँ कि कृपया हाम्रो ओर्लनुपर्ने स्थान आउन अझै केही दुरी छ हामीलाई उतै रोकिदिनु । कुरा समयको थियो, पानी परिरहेको थियो र ओर्लनुपर्ने स्थान आउन अझै केहि समय बाँकी थियो । ड्राइभरले मलाई एकछिन हिँड्दैमा केहि हुँदैन मान्छेहरु रहर गरेर हिँड्छन् भन्दै थिए । म भन्दै थिएँ – मलाई हिँड्नु छैन, पुग्नुपर्ने स्थानसम्म पु¥यादिनु भइहाल्यो नि । यत्ति पनि हिँड्न नसक्ने भन्दै ड्राइभर कराउन पो थाले । हामीबीचमा वादविवाद भयो । ड्राइभर जाबो ५ रुपिया तिरेर के के नै तिरेँ जस्तो भनेर पो कालो न कालो अनुहार लगाएर मसँग गर्जन थाले । मैले भनेँ – म विद्यार्थी हुँ । मैले पाएको सहुलियत म किन छाड्ने ? यदि तपाईंले पनि लेखपढ गर्नु भएको भए ड्राइभर हुनुपर्ने थिएन होला । ड्राइभरले भन्दै थिए जाबो ५ रुपिया तिरेर फुर्ति लगाउने मैले पनि पढेको छु । तिमीले कति पढेको छ, कहाँ काम गरेको छौँ ? कस्तो पोष्टमा काम गर्ने जस्ता प्रश्न उठाउन थाल्यो । जबकि पनौतीबाट बनेपासम्म विद्यार्थी वर्गलाई रु. ७ देखि रु. ८ सम्म तिराइन्छ । मैले पनि रु. ७ तिरेको थिएँ ड्राइभर भन्दै थियो कि जाबो ५ रुपिया तिरेर फूर्ति लगाउने ।
यसरी दिन प्रतिदिन यातायातको क्रममा देखापरेका समस्याहरुलाई सम्बन्धित निकायहरुबाट नैतिक आचरणमा सुधार गर्नका लागि तालिम तथा गोष्ठीहरुको आयोजना गर्नुपर्ने जसले गर्दा यात्रुहरुसँग गरिने व्यवहार परिवर्तन ल्याउन सकियोस् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: