पनौतीमा अक्षरमार्ग लोकार्पण

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

पनौती । सूर्यप्रसाद लाकोजू प्रकाशक÷सम्पादक रहेको साहित्यिक त्रैमासिक ‘अक्षर मार्ग’ को एक समारोहबीच शनिबार साहित्यकार रोचक घिमिरेले लोकार्पण गर्नुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, ज्ञानकाजी मानन्धर, डा. रामप्रसाद ज्ञवालीले अक्षरमार्ग माथि चर्चा गर्नुभएको थियो । विजयराज कर्माचार्यले स्वागत मन्तव्य, लोकगायक मच्छेश्वर सापकोटा र गोविन्दबहादुर थापाले स्वागत कविता वाचन गर्नुभएको थियो । रामसुन्दर देउजाले संचालन गर्नुभएको कार्यक्रममा अक्षरमार्ग वरिष्ठ स्रष्टा सम्मान र विष्णु–हेम अक्षरमार्ग स्रष्टा सम्मान प्रदान गरिने घोषणा गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: