पत्रकारबीच अन्तक्र्रिया

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलको आयोजनामा सरसफाई अभियानमा संचार जगतको भूमिका विषयक एक अन्तक्र्रिया कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा जिल्लाका सबै संचारकर्मीहरुको उपस्थिति थियो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख प्रेमकृष्ण श्रेष्ठ, इन्जिनियर राजेन्द्र श्रेष्ठले जिल्लामा सरसफाईको अवस्था बारेमा स्पष्ट पार्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका सचिव मोतिलाल तिमल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष महेश पौडेलले पनि बोलेका थिए । जिल्ला विकास समिति काभ्रेले सन् २०१५ सम्ममा काभ्रे जिल्लालाई खुला दिशामुक्त क्षेत्र बनाउने रणनीतिक लक्ष्य लिएको छ भने श्रीलंकामा सम्पन्न दक्षिण एशियाली सरसफाई सम्मेलनले सन् २०१७ सम्म नेपाललाई पनि खुला दिशामुक्त श्रेष्ठ बनाउने प्रतिबद्धता हस्ताक्षर गरेको छ । राष्ट्रिय नीति अनुसार नै जुन ५ देखि जुन १२ सम्म राष्ट्रिय सरसफाई कार्यक्रम अनुसार गत काभ्रे जिल्लाले पनि संचारकर्मीबीच अन्तक्र्रिया कार्यक्रम आज सम्पन्न गरेको हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: