नेविसंघले ग¥यो विद्यार्थी सम्मान

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काभ्रेले सोमबार काभ्रेका सम्पूर्ण स्कुलबाट प्रवेशिका परीक्षा २०६८ मा विद्यालय प्रथम हुने छात्रछात्रालाई सम्मान गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत प्रमुख अतिथि रहेको कार्यक्रममा काभ्रेभरका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी, काँग्रेसका भातृ संस्थाका प्रतिनिधि एवं नेविसंघका कार्यकर्ता उपस्थित थिए । नेविसंघ काभ्रेका सभापति माधव ढकालले उच्च शिक्षा हासिल गर्ने सिलसिलामा विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रथम हुने छात्रछात्रा, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालय एवं सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रम संयोजक नृपेश बादेले जानकारी दिनुभयो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: