नेपाल सरकारलाई सडक हस्तान्तरण

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

दुम्जा । जापान सरकारको सहयोगमा निर्माणाधीन बनेपा सिन्धुली बर्दिबास सडक खण्ड तेस्रो भाग अन्तर्गत कुशेश्वर दुम्जा–१को गजुली दहदेखि १४ किलोमिटर मोटरबाटो बुधबारबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी वेनीमाधव ज्ञवाली, जापान एमएसीका मिनिष्टर काउन्सिलर स्विची साकाकीबारा, जाइकाका प्रतिनिधि मिटसामोसी कावासाकीले संयुक्त रुपमा रिबन काटेर उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सो सडकको खुर्कोट (बारा) देखि नेपालथोकसम्मको ३७ किलोमिटर ३ अर्ब ६५ करोडको लागतमा निर्माणाधीन छ । सन् २०१५ सम्ममा सम्पूर्ण सडक निर्माण कार्य सम्पन्न गरिसक्ने जाइकाले जनाएको छ । परियोजना प्रमुख विन्दुशमसेर राणाले विस २०३९।०४० बाट सिन्धुली सडक योजनाको नाममा स्थापना भई निर्माण कार्य गरेको र बाटोको नामाकरण गर्ने विषयमा कुनै विवाद नभएको बताउनुभयो । यसैगरी परियोजना व्यवस्थापक भरत देवजूले बनेपा बर्दिबासको १ सय ६० किमी दुरी रहेको र कुल लागत २१ अर्ब ७० करोडको लागतमा निर्माण कार्य सम्पन्न गरी वि.सं. २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । – रमेशप्रसाद न्यौपाने

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: