नेपाल लाइफले ग¥यो एजेन्टहरुलाई सम्मान

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बनेपा । नेपाल लाइफ इन्स्योरेन्स कं.लि. बनेपा शाखाले एजेन्टहरुलाई प्रोत्साहित गर्ने र विमितको संख्या बढाउने उद्देश्यले शनिबार एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा एजेन्टहरु चक्रबहादुर बस्नेत, हरिओम कार्की, भवानी भट्ट, टिकानारायण श्रेष्ठ, नवराज श्रेष्ठ, प्रल्हाद राउत, रेशम थापा, प्रमिला चण्डी श्रेष्ठ, अम्बिका खड्का, विवेक श्रेष्ठ, कृष्णप्रसाद आचार्य, रेखा अधिकारी, विश्वनाथ कार्की र शान्ति श्रेष्ठलाई सम्मानित गरिएको थियो । बनेपा शाखा प्रबन्धक गुणराज गगन श्रेष्ठ, कर्मचारी बलराम खत्री, भुवन अधिकारीले जीवनविमाको अर्थ र महत्वबारे बोलेका थिए । यसैबीच सो शाखबाट १६ वर्ष अवधिको जीवन विमा गराएका नौबिसे–४, धादिङका कृष्णबहादुर राईको परिवारले विमावापत २ लाख ५ हजार प्राप्त गरेका छन् । १ लाखको जीवन विमा र दोहोरो दुर्घटना विमा १ लाख गरी बोनस रहित उक्त रकम शाखा प्रबन्धक गुणराज श्रेष्ठले मृतककी श्रीमती ठूलीमाया राईलाई हस्तान्तरण गर्नुभयो । मृतकले अर्धवार्षिक ७ हजार ५ सय ७५ रुपैया कम्पनीमा बुझाएको बताइएको छ ।

सामुदायिकका पूर्व विद्यार्थीहरुको भेला

सामुदायिक माध्यमिक बोर्डिङ्ग स्कूलका भुतपूर्व विद्यार्थी समाजको प्रथम साधारण सभा विद्यालयका संस्थापक प्रिन्सिपल पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा असार ९ गते धुलिखेलमा सम्पन्न भयो । भेलाले अध्यक्ष राजकुमार सापकोटा, उपाध्यक्ष प्रदिप श्रेष्ठ, सचिव नवराज श्रेष्ठ, सह–सचिव सरोज काफ्ले, कोषाध्यक्ष रोशन श्रेष्ठ, सह–कोषाध्यक्ष कविता तिमल्सिना, सदस्य नबिना श्रेष्ठ, सदस्य अनिल श्रेष्ठ र सदस्य नविना थापा रहेको नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा विद्यालयका सह–प्रिन्सिपल रामप्रसाद सापकोटा लगायतले मन्तव्य दिनु भएको थियो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: