नेपाललाई सात स्वर्ण र एक रजत

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

राजेन्द्र श्रेष्ठ

            भारतको बैंगलौरमा गत डिसेम्बर २८ देखि २९ तारिकसम्म भएको आइटिएफ अन्तराष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सात स्वर्ण र एक रजत पदक जितेको छ । नेपाल, भारत र श्रीलंकाका गरि दूई सय जना भन्दा बढी खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा तेक्वान्दो आइटिएफ नेपालका चार खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको पहिलो दिन नेपालका खेलाडीहरुले ५ स्वर्ण र दोस्रो दिन २ स्वर्ण र एक रजत गरि कुल आठ पदक जितेको थियो । प्रतियागिताको पहिलो दिन नेपालका खेलाडी निशान्त लामिछानेले १० वर्ष मुनिका खेलाडी समुहमा, आशिष थापा र शान्तकुमार राना मगरले १३ वर्ष मुनीको कलरबेल्ट प्याटन तर्फ स्वर्ण पदक जितेका थिए । नेपाललाई थप स्वर्णपदक दिलाउने क्रममा विविका बस्नेतले कलर बेल्ड प्याटनमा र १५ वर्ष उमेर समुहकै ४०–५० केजीको तौल समुहमा गरि दूई स्वर्ण जितेकी थिइन ।

            त्यसै गरी दोस्रो दिन सम्पन्न स्पारिङ्ग खेलमा नेपाली खेलाडीहरु निशान्त लामिछाने   र आशिष थापाले आ–आफ्नो समुहमा स्वर्ण पदक जितेका थिए भने शान्तकुमार राना मगरले फाइनलमा भारतीय खेलाडी संगको कडा प्रतिस्पर्धा वीच रजत पदकमा चित बुझाउनु परेको कुरा बैंगलौरबाट आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिनु भएकोछ । पदक विजेता बिबिका बस्नेत काभ्रेको विध्यासागर स्कुल बनेपा र आशिष थापा बिकटेश्वर स्कुल भैसैपाटीमा तथा निशान्त र शान्तकुमार ललितपुरको पुबोस स्कुलमा अध्ययनरत विद्यार्थी हुन । प्रतियोगिता अध्यक्ष बस्नेतले नेपालको टिम कोच र अशोक कुमार थापाले  टिम व्यबस्थापकको भुमिका निभाएका थिए भने उक्त प्रतियोगिता आइटिइफ नेपालका प्रशिक्षक गयाजी खडकाले रेफ्रिको भूमिका निभाएका थिए ।

प्रतियोगितामा भाग लिन जानु अघि काठमाडौंमा तेक्वान्दो आइटिएफ नेपालका सल्लाहकार एवं रोलेक्स घडीका अन्तराष्ट्रिय सद्भावना दुत आँग तेम्बा शेर्पाले सहभागि खेलाडी तथा अफिसियललाई विदाई गरेका थिए ।पछिल्लो समयमा आइटिएफ नेपालका खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गरि रहेको र गत अगष्टमा दक्षिण कोरियामा भएको एशियन जुनियर च्यामप्यिनसिपमा पनि नेपालका सस्मन बस्नेतले स्वर्ण पदक जितेका थिए ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: