नेदरल्याण्डका विद्यार्थीहरु बहिरा विद्यालयमा

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

बनेपा । नेदरल्याण्डबाट संस्कृति आदानप्रदानका लागि आएका विद्यार्थीहरुको एक टोलीलाई हालै काभ्रे बहिरा विद्यालयले विदाइ गरेको छ । ३ वर्षदेखि ग्लोवल एक्पोरेशन संस्थाबाट एउटै विश्व साथसाथ भन्ने नाराका साथ प्रत्येकको वर्ष जुलाईमा नेपालमा आएर संस्कृति आदानप्रदान गरिरहेका छन् । ४ दिनका लागि आएको १३ सदस्यीय नेदरल्याण्डका विद्यार्थीहरुको नेतृत्व एरिनले गरेका थिए । उक्त टोलीले सो विद्यालयमा पुस्तकालयमा पुस्तक कसरी प्रयोग गर्ने भन्ने बारेमा सिकाएको थिए । नेडरल्याण्डका विद्यार्थीहरु बहिरा विद्यार्थीहरु निकै रमाएको बताइएको छ । विदाइ कार्यक्रममा शिक्षिका शर्मिला मानन्धरले विदेशीहरुसँग संचारको समस्या होला भन्ने डर भएकोमा छिट्टै सांकेतिक भाषा सिक्दै आफूहरुलाई विभिन्न कला सीपहरु सिकाउनु भएकोमा आभार प्रकट गरेकी थिइन् । विद्यार्थी राजकुमार दुलाल, मेनुका राजचलले आफूहरुले नयाँ नयाँ ज्ञान, सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका थिए । ग्लोवल एक्प्लोरेश नेपालका अध्यक्ष चित्र गुरुङ र टोली नेता एरिनले विश्वका सबै मानिसहरु एकै हौ भन्ने भावनाको विकास गर्न यो कार्यक्रम ७ वटा राष्ट्रमा संचालन भइरहेको जानकारी दिनुभएको थियो । पाहुनाहरुलाई काभे्र बहिरा विद्यालयका प्रिन्सिपल कृष्णप्यारी नकर्मी लगायत शिक्षक विद्यार्थीहरुले उपहार प्रदान गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: