निशुल्क आँखा शिविर सम्पन्न

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

बनेपा । स्वस्थ आँखा स्वच्छ संसार भन्ने मूल अवधारणाका साथ आइतबार बनेपामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त आँखा शिविरमा बनेपा नगरपालिका र आसपासका क्षेत्रबाट आएका ३८६ जना आँखा रोगीहरुको उपचार गरिएको बताइएको छ । सोहि कार्यक्रममा शिविरमा आएका ४१ आँखा रोगीहरुलाई चश्मा पनि वितरण गरिएको थियो भने ९ जना मोतिबिन्दुका विरामीहरुको शल्यक्रिया पनि गरिएको थियो । दिनेशराज कायस्थको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन बनेपा नपाका कार्यकारी अधिकृत सुरथ पोखरेलले गर्नुभएको थियो ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: