निराशा अति भो

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

नेपाली राजनीति तीव्र रुपमा धु्रवीकरणको दिशातर्फ उन्मुख छ । समाजमा जातीय, क्षेत्रीय विजारोपणले सबैतिर असन्तोष छाएको छ । जनता अत्यन्तै निराश छन् । संविधानसभाको विघटनपछि राजनीतिक दल र तिनका शीर्ष नेताहरुप्रतिको असन्तोषले अबको स्थिति के कस्तो हुन्छ भन्ने कुरामा अनुमान लगाउन पनि यतिबेला कठिन छ । सबै दलहरुभित्र जातीय मुद्दा समस्याका रुपमा आएका छन् ।
जनताको त्याग, बलिदान र त्यत्रो लगानी गरेको संविधानसभाको उपलब्धि शून्य हुनु र हाम्रा दलहरु आफैसँग लड्दा लड्दै हाम्रा लागि के नै गर्न सक्छन् र ? झन् जातीय मुद्दा दलहरुभित्र उठेपछि दलका नेताहरु समस्यालाई चिन्नु र समयमा नै समाधान गर्नु त परै जाओस् ब्राह्मणवादी र सामन्तवादी मानसिकता देखाउँदै उनीहरु नै कुहिरोको काग बनिरहेका छन् । यो भीषण टकराव र विभाजनले हाम्रा सामाजिक मूल्य, मान्यताहरु, एकता र सद्भाव विथोलिने पो हो कि भन्ने चिन्ता सर्वत्र छ । हामीलाई पनि त्यस्तै लागिरहेको छ ।
संविधानसभा विघटन भएको डेढ महिनाको यो अवधिमा कुन पनि दलले निकासको बाटो दिन सकेका छैनन् । संविधानसभा विघटनको समीक्षा र मूल्यांकन भइरहेको यो बेलामा एकले अर्कोप्रति आरोप प्रत्यारोप लगाउने काम रोखिएको छैन । एक पार्टीले अर्कोलाई आरोप लगाइरहँदा आरोप प्रत्यारोप गर्ने पार्टीहरुमा पनि विभाजन रोक्न सकिएको छैन । एनेकपा माओवादी फुटिसकेको छ । नयाँ माओवादी अरु पार्टी भन्दा एक ढिक्का देखिन्छ । एमालेमा जनजाति नेताहरु छुट्टिसकेका छन् । काँग्रेसको त्यही हालत छ । समग्रमा सबै पार्टीमा आन्तरिक अन्तरपार्टी संघर्ष छ । पूर्व राजा राजाकै शानमा जयजयकार खाँदै भ्रमण गर्दैछन् । सञ्चारमाध्यमबाट अन्तर्वार्ता दिँदै आफ्नो अभिभावकीय भूमिका खोज्दैछन् । जनताको चरम निराशालाई मोड्ने गतिलो राजनेता आजसम्म जनताले पाउन सकेका छैनन् ।
देशको मुख्य जनशक्ति युवा जमात यो देशमा केही हुँदैन भनेर सक्नेहरु युरोप, अमेरिका, जापान र सम्पन्न मुलुकतिर जाँदैछन् । नहुनेहरु भएसम्म फ्रि भिसा, फ्रि टिकट, नभए ऋणपान गरेर भए पनि खाडी मुलुकतिर हानिएका छन् । हिजो जनतामा मिठो सपना बाँड्नेहरु सत्तासीन हुँदा बेग्लै वर्गमा परिणत भएका छन् । देशको यो परिस्थिति हेर्दा लाग्छ अब मुलुकमा ठूलो हलचल हुँदैछ । त्यही मूर्दा शान्तिलाई विचार गर्दा अहिले मुलुक आँधी आउनु अघिको सन्नटा जस्तो लाग्छ । अब बन्ने धु्रवीकरणले मुलुकलाई कहाँ पु¥याउने हो त्यो पो चिन्ता छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: