नारी टेवाको प्रारम्भिक सभा

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

बनेपा । नारी टेवा महिला विकास बचत तथा ऋण स.स.लि.को प्रारम्भिक साधारण सभा महिला विकास कार्यालयकी अधिकृत माया लोहीको प्रमुख आतिथ्यमा शनिबार बनेपा नपा हलमा सम्पन्न भयो । संस्थाकी अध्यक्ष रामप्यारी श्रेष्ठले आव ०६८।०६९ को १ लाख ९८ हजार ६ सय ९८ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो । उक्त साधारण सभाबाट कृष्णप्यारी नकर्मीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष कुमुदा वैद्य, सचिव शुभलक्ष्मी मानन्धर, कोषाध्यक्ष निर्मला श्रेष्ठ, सह सचिव जयन्ती मानन्धर, सह कोषाध्यक्ष उमा वैद्य, सदस्यहरुमा विमला मानन्धर, श्रमदेवी अवा, भक्तिमाया शाही, सुखलक्ष्मी बादे र रेणु वैद्य रहनुभएको छ । ऋण उप समिति संयोजक सरस्वती कायस्थ र सदस्यहरुमा पूर्णकेशरी कारञ्जित र रोशनी मुल्मी रहनुभएको छ । कार्यक्रम उमा वैद्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: