नारी जागरणको १४ औं साधारण सभा

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

नाला । महिला जागरण समूहद्वारा प्रबद्र्धित नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । राष्ट्रिय सहकारी संघ लि.का संचालक ओमदेवी मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका लेखा समिति सदस्य शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष शुभ अधिकारी, पशु सेवा कार्यालयका मणिप्रसाद सापकोटा, सहकारी बैंकका प्रबन्धक उपेन्द्र दाहाल, सामुदायिक साकोसका गीता तिमल्सिना, बुद्धत्व साकोसका मथुरा तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सचिव विमला दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष देवकी दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । ९०५ महिला र ३७७ बाल सदस्य रहेको उक्त संस्थाले तीन करोडको कारोबार गरेको बताइएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: