नागरिक सचेतना केन्द्रको उद्घाटन

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

पनौती । पनौती नपाको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सामुदायिक उत्थान मञ्च (सिफ) नेपाल स्थानीय सेवा प्रदायकद्वारा सञ्चालन गरिएको सामाजिक परिचालन कार्यक्रम अन्तर्गत वडा नं. २, ४ र ७  क्षेत्रमा गठन भएको महाकाली नागरिक सचेतना केन्द्र र ब्रहमायणी नागरिक सचेतना केन्द्र, चामखर्क भञ्ज्याङ्ग नागरिक सचेतना केन्द्रको उद्घाटन असार ९ गते सम्पन्न भएको छ ।

पनौती–२ नैकिनटारमा पनौती न.पा.का प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा वडा नागरिक मञ्चका संयोजक गोपालबहादुर थापाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सिफ नेपालका अध्यक्ष समुन्द्रलाल श्रेष्ठ, नागरिक सचेतना केन्द्रकी संयोजक पार्वती के.सी., नेपाल पत्रकार महासंघका उप सभापति नवराज बजगाई, पनौती न.पा.का सामाजिक बिकास शाखा प्रमुख केशव बन्जारा, कार्यक्रम संयोजक बलराम अधिकारी, स्रोत ब्यक्ति नानीबाबु थापा, समाजसेवी कुमार थापा, लगायतले बोल्नुभएको थियो ।

त्यसैगरी पनौती–४ चामखर्क क्षेत्रमा गठित चामखर्क भञ्ज्याङ्ग नागरिक सचेतना केन्द्रमा पनौती नपाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नागरिक मञ्च पनौती–४ का संयोजक बुद्धसिं थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: