नशामुक्त  र चरित्रवान समाज आजको आवश्यकता

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

कृष्ण न्यौपाने

केहि समय पहिले म एउटा कार्यक्रममा धुलिखेल स्थित एउटा होटलमा ३ दिन बसेको थिए । हामी करिव ७३ जना जति सहभागि थियौैँ । सबै खाइलाग्दा थिए । बाहिरबाट हेर्दा सबै जना निरोगी देखिए पनि भित्रबाट उनीहरु स्वस्थ छैनन् भन्ने आभाष मलाई भएको थियो । कारण थियो ,७३ जना सहभागि मध्ये जम्मा ५ जना मात्र यस्ता मानिस थिए जो पूर्ण रुपमा नशा मुक्त थिए । ५ जना बाहेक सबै जना बेलुकी नशामा झुम्थे, उनीहरुले आफ्नै शरिरलाई अड्याउन सकिरहेका थिएनन् । उनीहरु देशका फरक—फरक जिल्लाबाट प्रतिनिधित्व गरिरहेका सहभागि थिए । यसैलाई आधार मान्ने हो भने पनि करिव ७ प्रतिशत मात्र मानिस नशाबाट मुक्त रहेका छन । सायद नेपालभर हेर्ने हो भने यहि हाराहारीमा मात्र मानिसहरु नशामुक्त जिवन अपनाईरहेका छन् । मैले हरेक जसो सहभागिलाई तपाईहरु किन नशाको सेवन गर्नुहुन्छ भनेर प्रश्न सोधे धेरैजसोको  उत्तर हुन्थ्यो ‘बानी लाग्यो छुटाउन गाह«ो छ, वास्तवमा नशा सेवन गर्नु हामीलाई मन थिएन ’’ ‘केहिले उत्तर दिन्थे जवानीमा मोज नगरे कहिले गर्ने’ ? केहि त यस्ता थिए जसका बा आमालाई छोराले करेन्ट पानी तथा पाइप तान्छ भन्ने पत्तै हुन्न थियो । जवाफ दिन्थे ‘मेरो घरमा यो कुरा थापा पाए भने, घरमा छिर्नु पदैन ’—घर नगए पनि हुन्छ । माथिका यि कुराहरुबाट के थाहा हुन्छ भने आजका युवापुस्ताहरु जानाजान कुलतमा फसिरहेका छन । कोहि यस्ता छन जसलाई नशा सेवन गर्नु जिवन वर्वाद हो भनेर थाहा हुँदा हुँदै पनि नशामुक्त हुन सकिरहेका छैनन । केहि बर्षअघि केहि दिन अस्पताल बसाईकै क्रममा यस्तो दृश्य देख्थे, डक्टर बिरामीलाई जाँच्दै गर्दा ‘ बा तपाई धुम्रपान र मध्यपान नगर्नुस अब गर्नु भयो भने हामी तपाईलाई बचाउन सक्दैनौ । ’ त्यहि डाक्टर राति बिरामीसंग लुकेर अस्पतालकै प्राङगणमा धुँवा उडाइररहेको हुन्थ्यो । त्यहि डाक्टर जो संग एउटा सुन्दर घर, एउटी सुन्दर श्रीमती छिन, एउटा सुन्दर गाडी छ, जिवनमा अभाव केहि पनि छैन ।  उसको रात त्यहि झोलबाट बाँचेको छ, उसको शरिर त्यहि धुँवाबाट जलेको छ । पढेलेखेको समाजका उच्च वर्ग जसलाई समाजले उच्च कोटीमा राखेर सम्मान गरेका छन । तिनै मानिसको जिवन नशा विना बाँच्न सकेको छैन । शहरतिर आउँदै गर्दा बसमा १० बर्षे सहचालक(बोलिचालीको भाषामा खलाँसी भन्छन ) देख्छु, जो स्टाइलमा चुरोट तान्दै धुँवा उडाइरहेको देख्छु । अनी सोच्छु देशका भविश्यका कर्णदार जसको जिन्दगी युवा अवस्था सुरु नहुँदै कुलतमा फसेको छ । कसरी उसले भविश्यमा देशको काँचुली फेर्न सक्छ ? एकजना दिदीसंग मेरो भेट भयो , उनको एउटा सानो वच्चा पनि थियो । भाई यो बच्चालाई भविश्यमा तगडा बनाउन सानैदेखि अलिअलि वियर खुवाउँदै छु । ठूलोभएपछि निरोगी हुन्छ । मलाई अचम्म लाग्यो बच्चालाई जन्मेदेखिनै जाँड रक्सी खुवाउन सिकाउने आमाबुबाले भविश्यमा वच्चा निरोगी हुन्छ भनेर पत्याउन मैले सकिन । किनकी १२÷१३ बर्षका सडक बालबालिको दुर्दशा खुलेआम देख्न सकिन्छ जो आफनो शरिलाई विषालु बनाउ जे पनि खान पछि पदैनन् । अनि भविश्यमा कसरी बन्छन निरोगी ? माथिका दृश्यहरु देशका धेरै भागमा देख्न सकिन्छ । यस्ता दृश्यहरुलाई हेर्ने हो भने के भन्न सकिन्छ भने अवका युवाहरु नशालाई यसरी जानीनजानी प्रयोग गदै छन । जसको भविश्य उज्यालो छैन । निरन्तर अँध्यारो आकाशमा दौडिरहेका छन् ।

मैले एउटा समाचार पढेको थिए, एउटा केटाको एउटी केटीसंग फेसबुकबाट माया बसेछ । फेसबुकबाट यस्तो गाढा माया बसेछ कि उनीहरुले एक अर्कालाई छोडनै नसक्ने भएछन् ।  दुबै जना होटलमा भेट्न राजी भए । तर होटलमा आफ्ना इच्छाहरु साटासाट गर्न भेट गरेका ति जोडी वास्तविक जिवनकै श्रीमान् श्रीमती परेछन । यस्ता घटना त हामी वरपरनै धेरै देख्न सक्छौैँ । किनकी समाज यस्तो गलत दिशातर्फ अगाडि बढिरहेको छ कि नशामुक्त र चरित्रवान  समाजको निर्माण गर्नु अब फलामको चिउरा चपाउनु सरह हुन गएको । एकदमै कम मानिसहरु नशामुक्त तथा चरित्रवान जिवन अपनाइरेको देख्न पाइन्छ । जतिजति समाज विकशित हुँदै गइरहेको छ । त्यतित्यति विनाशतर्फ अगाडि बढिरहेको छ । देशले विकाशको चरम अवस्था प्राप्त गदैगर्दा मानसिक रोगीहरुको संख्या पनि त्यतिकै बढिरहेको देख्न सकिन्छ । मात्र नशामुक्त र चरित्रवान समाज निर्माण गर्न सकेमा मात्र भविश्यका युवाहरुको भविश्य उज्वल हुने छ । नत्र जुन समाजको हामी कल्पना गछौैँ । त्यो समाज हाम्रो कल्पनामा मात्र सिमित हुने निश्चित छ । जुन समाजमा नशामुक्त र चरित्रवान मानिस पाउन मुस्किल पर्न सक्छ । न त श्रीमानको विश्वास हुन्छ, न त श्रीमतीको । त्यसैले सबैले नशामुक्त र चरित्रवान समाज निर्माण गर्न तर्फ ध्यान दिने हो कि ? 

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: