नवराजको अवस्था गम्भीर, डेगराजको हिजो दाहसंस्कार भयो

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

असार ३० शनिबार विहान ६ः४५ बजे बनेपा बुडोलमा भएको दुर्घटनामा मृत्यु भएका डेगराज भट्टराईको हिजो उग्रतीर्थ घाटमा दाहसंस्कार भएको छ । उहाँको अन्तिम संस्कारमा कान्छा भाईले दागबत्ती दिएका थिए । सोही घटनामा सख्त घाइते भएका नवराज तिमल्सिनाको न्यूरो अस्पताल, बाँसघारी काठमाडौंमा उपचार जारी छ । अस्पताल स्रोतका अनुसार अझैसम्म पनि नवराजको होस खुलेको छैन । अस्पतालको भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको छ ।
शनिबार बिहान पैदल हिँडेका स्रोत शिक्षक तीनजनालाई सहचालकले लापरवाही तरिकाले चलाएको बा २ ख ५८१२ नम्बरको गाडीले किचेको थियो । घटनास्थलमा डेगराज भट्टराईको मृत्यु भएको थियो भने नवराज तिमल्सिनालाई स्थानीयवासीले घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याएका थिए । अर्का स्रोत व्यक्ति रामशरण बजगाईं एक सेकेण्डले सामान्य घाइते भएर बालबाल बचेका थिए । व्यवसायी र पीडित पक्ष बीचको वार्ता असफल भएको छ भने बनेपा र आसपासको क्षेत्रको जनजीवन सोमबारसम्म पनि सामान्य हुन सकेको छैन । शनिबार साँझ अबेरसम्म प्रदर्शनकारी र प्रहरीबीच बनेपामा झडप भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी ठूलो संख्यामा घाइते भएका थिए । सोमबार साँझसम्म बनेपामा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालित थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: