नयाँ शक्तिको केन्द्रिय सदस्य सहित सयौं कार्यकर्ता काँग्रेसमा प्रवेश

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

श्यामपाटी÷नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य सहित सयौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । डा. बाबुराम भट्टराईले राजनीतिक क्रान्तिको युग सकिएको र आर्थिक क्रान्तिको युग शुरुवात आवश्यक रहेको भन्दै नयाँ शक्ति गठन भएपनि भने अनुरुप अगाडी बढ्न नसकेको भन्दै उनिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । श्यामपाटीमा भएको कार्यक्रममा प्रबेश गर्नेमा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य शंकर दास लामा, राष्ट्रिय युवा अभियानका केन्द्रीय सचिव एवं ३ नं प्रदेश सदस्य सुमेश थापा, जिल्ला सचिवालय सदस्यहरु लक्ष्मण श्रेष्ठ, एमान लामा (विकास), मक्कर ध्वज लामा, सचिवालय सदस्य एवं मजदुर  संयोजक राजकुमार लामा,  जिल्ला सदस्यहरु बिरबहादुर लामा, नारायण दास लामा,  रोशी वडा नं १ को निर्वाचीत सदस्य मानकाजी भोम्जन, रोशी वडा नं. १ को महिला निर्वाचीत सदस्य निरजला थापा, पनौती नगर सह–संयोजक मन कुमार केसी जिल्ला सचिवालय सदस्य, भक्तपुर अम्बिका थापा, २ नं. क्षेत्रिय सदस्य ज्ञान ब. लामा  र रबि ब. थापा, राष्ट्रिय युवा अभियानका जिल्ला सदस्य मन कुमार थापा, रोशी गाउँपालीका वडा नं १ संयोजक झिल्के लामा र कान्छा मान लोप्चन सँगै सयौ कार्यकर्ता काँगे्रेसमा प्रबेश गरेका छन् । आगन्तुक सबैलाई नेपाली काँग्रेस काभ्रेका निर्वाचन परिचालन समितिका संयोजक शिवप्रसाद हुमागाई, प्रतिनीधि सभाका उम्मेदवार एवं निवर्तमान संसद तिर्थ लामा, काँग्रेसका नेता इन्द्रमणी अधिकारी र काँग्रेसका निर्वाचनका प्रचार प्रसार समितिका संयोजक तिर्थ पसखल, प्रतिनीधि सभा क्षेत्रनं १ को प्रदेश सभा २ का निर्वाचन परिचालन समितिका संयोजक रमेश हुमागाई, प्रतिनीधि सभा क्षेत्रनं १ को प्रदेश सभा २ का उम्मेदवार गणेश लामा लगायतले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: