नगरको व्यवस्थित विकास गर्न परामर्श सुरु

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

धुलिखेल नगरपालिकाको प्रथम नगरसभाबाट एकीकृत नगर विकास योजना तर्जुमा गर्ने निर्णय भएबमोजिम आइतबार कार्य प्रारम्भ गर्न छलफल र परामर्श सुरु भएको छ । सामाजिक संघ संस्था, सरकारको विकास कार्य गर्ने सम्बन्धीत निकायका प्रमुखहरुसँग परामर्श गरेको हो । नगरको व्यवस्थित विकासको लागि भुमि व्यवस्थापन योजना, सामाजिक विकास योजना, साँस्कृतिक संरक्षण तथा पर्यटन विकास योजना, सामाजिक विकास योजना यातायात गुरुयोजना, दिर्घकालिन भौतिक पुर्वाधार विकास योजना, विपद व्यवस्थापन योजना, आर्थिक तथा विकास योजना बहुक्षेत्र लगानी योजना तर्जुमा गर्ने निर्णय भएको छ । नगरपालिकाले देशका व्यवसायिक परामर्शदाता संस्थाहरुबाट एकीकृत नगरविकास होस भन्ने उद्देश्यले कानुन बमोजिम आर्थिक तथा प्राविधिक प्रस्ताव आह्वान गरिएको कुरा धुलिखेल नगरका प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । १५ वटा परामर्शदाता, संस्थाहरुको संलग्नता भएकोमा संस्थाहरुको प्राविधिक तथा आर्थिक मुल्याङ्कनबाट सि.ओ.ई सि÷जि.आई.डि ए÷नेक्ष्ट, जे.भि. काठमाडौैँ छनौट भएको कुरा कार्यकारी अधिकृत महेष बरालले जानकारी दिनुभयो । ५ महिनाको समय निर्धारण गरिएको उक्त एकीकृत नगर विकास योजनाको कार्यान्वयन आर्थिक वर्ष २०७५÷०७६ बाट वार्षिक कार्यक्रमबाट थालिने भएको छ । उक्त कार्य गर्न १६ लाख ८३ हजार ७ सय खर्च हुने समेत जनाएको छ । सो कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत विदुर गौतमले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: