धूमपानको लतबाट कसरी बच्ने ?

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

० हरिप्रसाद दुवाल (स्यानिटेरियन)
धूमपान भन्दा हामी साधारणत धुँवा तान्ने क्रियाकलापलाई जनाउँछौं । यसबाट आफ्नै कोठाहरु, आफ्नै वातावरण नै धुँवा भरिएर गुम्सेको अनुभूति हुन्छ । साथमा र वरिपरि रहेका आफ्नै बालबालिका तथा साथीभाई समेत छिमेकीहरुलाई हानी पु¥याइरहेका हुन्छौं । चुरोट, बिडी, ककर–तमाखु, गाँजा खाने दुव्र्यसनीहरुलाई यस अपराधको ख्याल हुने कुरै भएन । किनकी उनीहरु यसबाट आनन्द लिरहेका हुन्छन् ।
आधुनिक युग अर्थात १९औं शताब्दीकालदेखि मानिसहरु चुरोटको अविष्कार भए पश्चात हुक्का–चिलिम, ककर–चिलिमद्वारा सूर्ती सेवन गर्नुभन्दा सजिलो उपाय सिगरेट पिउनु होे । यो मेसिनले मसिनो सुर्ती काटेर मेसिनले नै कागजमा बेरेको वस्तु हो । नेपालमा यसलाई चुरोट भन्छन् । चुरोटले नै हो मान्छेलाई अझ सजिलो रुपमा धूमपानको दुव्र्यसनी बनाएको मान्न सकिन्छ । यसरी चुरोट, तमाखु तान्ने बानीले छिपी सकेकाहरु रातको २ बजे पनि उठेर निद्रा नलागेको भनी चुरोट, तमाखु खान सुरु गर्छन् । कथंकदाचित घरमा चुरोट, तमाखु सकिएको भएमा चुरोट पिउनेहरु कोठाको यताउती फालिएका टुक्राटुक्री जम्मा गरेर सुर्ती निकाली नयाँ कागजमा वेरेर विडी जस्तो गरी तिर्खा मेट्ने गर्छन । तमाखु खानेहरुले घरमा तमाखु नभएमा बाहिर गई नजिकको तमाखु पसलेलाई उठाई तमाखु किनी घर ल्याई तमाखु खानु नै पर्ने यी दुव्र्यसनीहरुको बाध्यता हुन्छ ।
यस्ता धेरैजसो धूमपानका दुव्र्यसनीहरु खोलाको छेउछाउ, जंगल झाडीतिर खुल्ला ठाउँमा चुरोट तानेर दिसा बसिरहेको अहिले पनि देखिन्छन् । चुरोटको लतले स्वास्थ्य त बिग्रेकै हुन्छ । खास गरेर पेट फुल्ने, खोकी लाग्ने, दमले दुःख दिने अनेक विकृतीहरु सुरु हुन्छन् । सबैलाई थाहा भएको धूमपानले मुटुको रोग, फोक्सोको क्यान्सर हुन्छ । वास्तवमा पब्लिक हेल्थले स्वीकारेको जम्मा १३ किसिमको रोगहरु हुन्छन् चुरोट पिउनेहरुलाई । समाजमा व्याप्त यो कुसंस्कार, कुलतलाई रोक्ने प्रयास सरकारबाट नियम कानुनद्वारा पहिले नै हुनुपथ्र्यो । तर हालसालै अर्थात २०६८ साल साउन २२ देखि मात्र सार्वजनिक स्थानहरुमा धूमपान निषेधको ऐन लागु गरी सरकारले जनहितको ठूलो काम गरेको विज्ञहरुले मात्र भएपनि सराहना गरेका छन् । सरकारले चुरोट लगायत अन्य सुर्तीजन्य पेय पदार्थमा यो स्वास्थ्यको लागि हानीकारक छ भनी जनाउनु पर्ने सरकारी नियम लागु भएको पनि ठूलै काम हो । काठमाडौं बाहेक अन्य पहाडी क्षेत्रमा र तराईवासीहरु चाहिँ चुरोटभन्दा बिडी बढी पिउने गर्दछन् ।
२०१४ मा बनेपाको शिरमेमोरियल अस्पताल सुरु नहुँदै यसका संस्थापक डा. स्टानली जी. स्टेरजेशले काठमाडौं लाजिम्पाटस्थित स्नोभ्यु होटलमा हप्ताको एकपल्ट ‘हाउ टु स्टप स्मोकिङ्ग’ विषय बनाएर प्रवचन दिनु हुन्थ्यो । यहाँका डाक्टर साहवहरुले फुर्सदको समय निकाली यसमा सेवा कार्य गरेको देखिँदैन । १÷२ जना सिनियर डाक्टर साहेबहरुले क्यान्सर रोग नियन्त्रणको सिलसिलामा धूमपान विरुद्ध केही काम गरिरहेको चाहिँ सुनिन्छ । कुनै पनि क्रियाकलापहरु मान्छेमा बानी भइसकेपछि छुटाउनु अत्यन्त नै कठिन हुन्छ । जसरी नयाँ मान्छे साथीभाइले चुरोट पिउने गरेको मजा लागेर उनी खोई म पनि तान्छु भनी एकचोटि चुरोट तान्छ । उसले पछि पनि यसरी नै चुरोट तान्छ र चुरोट पिउने बानी बस्छ ।
चुरोट पिउने बानी बसेजस्तै यसलाई उल्टाएर चुरोट पिउने आदतलाई त्याग गर्न पनि सकिन्छ । तल दिइएका नियम पालना गरेमा यस कुलतबाट छुटकारा पाउन सकिन्छ ।

  • बिहानको खाली पेटमा हावा पस्न दिनु हुँदैन । धेरै कराउनु, हावाभित्र पस्छ । चुरोट पिउनुहोस हावा पस्छ । बिहान ट्वाइलेट जान चुरोट नपिउनु होस् । तपाईलाई पेटको गडबडीले दुःख दिँदैन दिनभर तपाई फुर्तिलो हुन्छ ।
  • चुरोट किन्दा पाकेट नै नकिन्ने । १ खिल्ली मात्र किन्ने । सलाई बिल्कुलै नकिन्ने । पिउन चुरोट हातमा लिएपछि सलाई पाई हाले पनि सलाई कोरी नहाल्ने, एकछिन पर्खने, चुरोट टेबलमा राख्ने एकछिन काममा अलमलिने र चिसो पानी पिउने । यस आदतले विस्तारै चुरोट छोड्न सकिन्छ ।
  • चिया–कफी तथा मादक पदार्थ विल्कुलै नखाने । यसले चुरोट पिउने प्यास बढाउँछ । तलतल लाग्न सुरु भए चिसो पानी पिउने ।
  • चुरोट पिउने बानी बसिसकेकाहरुले पुरै सिगरेट नपिउने, अलिक एक दुइपल्ट मात्र तानी फुट्ट फाली नै दिने । ठुठो चुरोट कहिले पनि नपिउने । यसमा निकोटिनको मात्रा बढी हुन्छ र बानी अझ खराव हुन्छ ।
  • चुरोट पिउने बानी परित्याग गर्ने सिलसिलामा आफू कुनै पनि हालतमा चुरोट पिउने आदतीहरुको साथ नबस्ने । चुरोट नखाने साथीभाइलाई बोलाई आफ्नो साथ अलमल्याउने वा उनीहरु कहाँ आफू गएर अल्मलिने । यसबाट चुरोट पिउने तलतल कमजोर हुन्छ र चुरोट छोड्न बल मिल्छ ।
0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: