धुलिखेल समाजको पाँचौं सभा

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

काठमाडौं । धुलिखेलबाट मुलुकभरि र मुलुकबाहिर व्यापार व्यवसाय गर्नेहरुको संख्या उल्लेखनीय छ । देशका वरिष्ठ साहित्यकारहरुले पनि पहिलादेखि आफ्नो कृतिमा धुलिखेले साहु पात्र बनाएर धेरै कथा, उपन्यास लेखिसकेका छन् । धुलिखेलको अर्को विशेषता भनेकै देशका विभिन्न ठाउँमा व्यापार व्यवसाय गर्ने हो । तिनै व्यक्तित्वहरुको संस्था हो धुलिखेल समाज ।
गत शनिबार धुलिखेल समाज काठमाडौंले आफ्नो पाँचौं सभा सम्पन्न गरेको छ । वरिष्ठ समाजसेवी रामचन्द्र घिनांजूको प्रमुख आतिथ्य र नीलकण्ठ व्याञ्जूको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन रामकेशरी व्याञ्जूले गर्नुभएको थियो । शिक्षाविद् लक्ष्मीलाल योगलले बोल्नुभएको सभामा कोषाध्यक्ष दिलसुन्दर तक्सारीले आर्थिक प्रतिवेदन, महासचिव माणिक कालु श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले देवमन्दिल श्रेष्ठको अध्यक्षतामा मीनबहादुर योगल प्रथम उपाध्यक्ष, दिलसुन्दर टक्सारी द्वितीय उपाध्यक्ष, महासचिव गयानाथ माकजू, सचिव रामकेशरी व्याञ्जू, कोषाध्यक्ष शिवचन्द्र माकजू लगायतको १५ सदस्यीय कार्य समिति गठन भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: