धुलिखेल रोटरी उत्कृष्ट, अशोक र मानकाजी सम्मानित

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

काठमाडौं । रोटरीका गर्भनर बासुदेब गोल्यानले समाजमा रोटरीको अन्तराष्ट्रिय मूल्य मान्यता र सिद्धान्तको आधारमा विशिष्ट मानवीय सेवा गरेकोमा यस वर्ष धुलिखेल रोटरी क्लबलाई प्रथम पुरस्कारले सम्मानित गरेको छ । व्यवसायिक सेवा तथा नयाँ पुस्ताको कार्यक्रमको लागि नेपाल र भूटानमा रहेका ८४ क्लब मध्ये धुलिखेलले प्रथम पुरस्कार प्राप्त गरेको हो । यसैगरी रोटरी नेपाल र रोटरी अन्तर्राष्ट्रियको गरिमालाई उच्च राख्न विभिन्न सामाजिक तथा मानवीय सेवामा समर्पित भएको भन्दै रोटरी धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठलाई एक समारोहका बीच सम्मान प्रदान गरियो । त्यसैगरी रोटरी क्लब काभ्रे बनेपाका अध्यक्ष मानकाजी प्रधानलाई नयाँ सदस्य थपेको र मानवीय तथा सामाजिक सेवामा समर्पित भएको भन्दै गर्भनर गोल्यानले सम्मान प्रदान गर्नु भएको थियो । यसै गरि धुलिखेल रोटरी क्लबको अगुवाईमा गत वर्षमात्र गठन गरिएको रोटरी क्लब मध्यपुर ठिमीलाई उत्कृष्ट नयाँ क्लबको सम्मान प्रदान गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: