दैनिकी चलाउन साहै्र गाह्रो भो

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

०५२ साल माघ २० गते हालका प्रधानमन्त्री तत्कालीन संयुक्त जनमोर्चा नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग पेश गरेका थिए । ४० सूत्रीय माग मध्ये जनजीविका, राष्ट्रिय र गणतन्त्र सम्बन्धी माग थिए । ती माग मध्ये गणतन्त्रको माग पुरा भएको छ । बाँकी ३९ वटा माग आज १७ वर्ष पुरा हुन लाग्दा पनि उत्तिकै जीवित छन् । झन् जनतालाई दैनिकी चलाउन धौ धौ परेको छ ।
सन् १९५० को असमान सन्धी खारेजीको माग गर्ने प्रधानमन्त्री भट्टराई स्वयंले विप्पा जस्तो राष्ट्रघाती सन्धी गरेर भारतलाई खुसी पार्ने काम गर्नुभएको छ । बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस मात्र होइन ८० प्रतिशत किसान भएको यो देशमा मनसुनको यो मध्यमा पनि रसायनिक मल पाइएको छैन । वर्षा लाग्दा पनि लोडसेडिङ घट्नेवाला छैन । उद्योगधन्दाहरु छैनन् । भएका पनि मजदुर र मालिकको बेमेलको कारण बन्द छन् । मुख्य एयरपोर्ट त्रिभुवन विमानस्थल भारतलाई ठेक्का दिने कुरा आएको छ । दैनिक लगभग १५ सयको हाराहारीमा नेपाली युवाहरु विदेशिएका छन् । बेरोजगारी, महंगी कहालीलाग्दो छ । संवैधानिक संकट चुलिँदो छ । राष्ट्रपति र प्रधानमन्त्रीमा टकराव बढ्दो छ भने भोलि मुलुक कुन दिशामा पुग्ने हो अन्दान गर्न गाह्रो छ । भने हामी प्रत्येक नेपालीको टाउकोमा १९ हजार ९ सय भन्दा बढी विदेशी ऋण लागेको छ । यस्तो बेलामा कहाँ, कति बेला, के हुन्छ भन्ने अवस्था छ । नेपाल र नेपालीहरुका लागि यो जत्तिको दुःखको क्षण १० वर्षको द्वन्द्वमा पनि थिएन । यो चरम निराशालाई कसले निकास दिने खाँचो एक राजनेताको छ । जसले यो अवस्थाबाट नेपाल र नेपालीलाई मुक्ति दिओस् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: