देश दुर्घटनातिर

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

मुलुक यही अवस्थामा रहन सक्दैन । राजनीतिक विश्लेषकहरु भन्छन् – मुलुकले अब यो संकटकाल धेरै धान्न सक्दैन । यो मुलुकमा अब ठूलो उत्पात हुनेछ अवस्थाका संकेतमहरु देखा पर्न थालेका छन् । राजनीतिको केन्द्रविन्दुमा रहेका प्रचण्डको अब पत्तासाफ हुने स्थिति देखा पर्दैछ । आफ्ना गुरु मोहन वैद्य किरण र ३८ वर्षसम्मका सहयात्री रामबहादुर थापा बादल बाहिरिएपछि प्रचण्ड निरही बनेका छन् । प्रम डा. बाबुराम भट्टराई भारतको सल्लाहमा काम गर्दैछन् । त्यसैले त इरानमा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा आफ्ना परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई थाहै नदिई भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग एक घण्टा भेटेर प्रम भट्टराईले गोप्य मन्त्र लिए । भट्टराईको यो शैली देखेर परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि साह्रै चिन्तित बनेका छन् ।
अर्कातर्फ अब यो भाद्रभित्र देशभित्र ठूलो दुर्घटना हुने संंकेत छ । यो देशमा ०५० सालमा मदन भण्डारीको हत्या भएझैं कुनै नेताको हत्या वा ०५८ सालमा राजा वीरेन्द्रको वंश नाश जस्तै कुनै हत्या हुने त होइन ? त्यस्तै ०६१ माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले गरेजस्तो ‘कु’ हुनेस्थिति देखा त पर्दैछन् ? अहिले सबैतिर निराशाको अवस्था छ । महँगी बढेको बढ्यै छ । हिजोमात्र पेट्रोलियम पदार्थको भाग बढेको छ । अब यो देशमा कस्तो किसिमको दुर्घटना हुने हो कसैले भन्न सक्ने अवस्था छैन । तर देश पक्कै पनि यस्तै अवस्थामा भने रहने छैन ।

0
'

Comments

  1. krishna says:

    Sachai hora bhanya…..?

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: