देशमा अर्को मुठभेडको तयारी मुठभेड रोक्ने एकमात्र उपाय राष्ट्रपति शासन

प्रकाशित मिती : बुधबार, जेष्ठ २४, २०६९ by   ·   Comments

-फणिन्द्र शर्मा

दलहरु आन्तरिक झगडामा फसेका छन् । तर पनि अहिले राजनीति दुई धु्रवमा विभाजित भएको छ । नेपाली काँग्रेस–एमाले गठबन्धन सहितको २२ दल र माओवादी र १९ दल बीचको धु्रवमा बाँडिएका राजनीतिक दलहरुले देशमा सहमति भन्दा पनि मुठभेडको तयारी गरिरहेका छन् । गत संविधानसभाको चुनावमा पहिलो हुने माओवादी शक्तिलाई दलहरुले स्वीकार नगर्नु र संसदीय दलहरुलाई माओवादीले गन्दै नगन्नुको परिणाम हो नेपालमा पहिलोपल्ट गठित संविधानसभाले संविधान दिन नसक्नुको परिणाम त छँदैछ अब यी दुई शक्तिबीच घमासान लडाई हुने अवस्था देखिँदैछ । यसैको पछिल्लो उदाहरण हो
नेपाली कांग्रेस–एमाले गठवन्धनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म माओवादीसँग सहकार्य नगर्ने भएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस–एमाले गठवन्धनका २२ दलको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाले मात्र सहमतिको बाटो निस्कन निष्कर्ष हो । बैठकले २६ गते काठमाडौंमा गर्ने आमसभालाई सशक्त बनाउने निर्णय २२ दलले गरेका छन् । त्यसका लागि सबै दलका नेताहरु सम्मिलित तयारी समिति गठन भोलिसम्ममा हुनेछ । कांग्रेस–एमाले गठबन्धनले २६ गतेको आमसभामा १ लाख मानिस उतार्ने तयारी गरेका छन् । नेपाली कांग्रेस–एमाले गठवन्धनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म माओवादीसँग सहकार्य नगर्ने उद्घोष गरेका छन् ।
अब दलहरु र माओवादीबीच एकपल्ट घमासान हुनेछ र त्यसपछि मात्र सहमति र सहकार्य होला । दलहरु माओवादीदेखि बिच्किएका छन् । उनीहरुलाई माओवादीसँग विश्वास छैन । त्यसैले दलहरु राष्ट्रपतिलाई यो सरकार बर्खास्त गर्न आग्रह गरिरहेका छन् ।
उता राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय सहमतिको आधारमा मात्र आगामी कदम चाल्ने बताउनुभएको छ । बृहत मधेसी मोर्चाका नेताहरुसँगको भेटमा राष्ट्रपति यादवले राजनीतिक सहमतिको आधारमा निर्णय लिने धारणा राख्नुभएको मोर्चाकी नेत्री सरिता गिरीले जानकारी दिनुभयो । मोर्चाका नेताहरु राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन शीतलनिवास पुगेका थिए । यसैगरी, एमाले, काँग्रेसहरु पनि राष्ट्रपतिकहाँ गइसकेका छन् ।
मोर्चाले राष्ट्रपतिलाई अन्तरिम चुनावी सरकार गठन गरी सर्वपक्षीय गोलमेच सम्मेलनद्वारा राजनीतिक सहमति र निर्णयअनुसार मुलुकलाई वैकल्पिक निकासको बाटो दिने आग्रह गरेको छ । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीमाथि सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित संविधानसभाद्वारा संविधान निर्माण गरिने कार्यलाई समाप्त पारी मुलुकलाई अनिश्चिततातर्फ धकेलेको आरोप लगाउनुभयो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: