दुवाललाई गोपाल पाँडे असीम पुरस्कार

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

साहित्य सिर्जना तथा अन्य रचनात्मक क्रियाकलापको माध्यमबाट नेपाली भाषासाहित्यको श्रीबृद्धिमा उल्लेखनीय योगदान पु¥याउनुभएकोमा वरिष्ठ साहित्यकार मोहन दुवाललाई नेपाली शिक्षा परिषद्ले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गर्ने भएको छ । परिषद्का अध्यक्ष माधव घिमिरेको अध्यक्षतामा असार ११ गते सोमबार भएको बैठकले उक्त निर्णय गरेको हो । २०५२ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कार आगामी साउन ३२ गते परिषद्को वार्षिकोत्सवमा प्रदान गरिने जनाइएको छ ।
त्यसैगरी काव्यसिर्जना र समालोचनाका माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएवापत वरिष्ठ साहित्यकार डा. वासुदेव त्रिपाठीलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिने समेत निर्णय भएको छ । भानुजयन्तीको अवसरमा आगामी असार २९ गते उक्त पुरस्कार प्रदान गरिने थाहा भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: