दुलालेश्वर २४ औँ वर्षमा प्रवेश

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

उद्धब प्रसाद अधिकारी

भुम्लु गाउँपालिका वडा नं. १० दोलालघाटमा रहेको दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको २४ औँ स्थापना दिवस शनिबार दोलालघाटमा सम्पन्न भयो । कार्यक्रम भुम्लु गाउँपालिका प्रमुख गुमानध्वज कँुवरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कँुवरले दोलालघाटमा २३ वर्षअघि जन्म भएर शिशु अवस्था पार गर्दै हाल काभ्रे जिल्ला मात्रै नभइ नेपालका धेरै जिल्ला र अञ्चलहरुमा आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा सभापति एवं क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठले संस्थाको हालसम्मका गतिविधिहरु प्रस्तुत गर्नुभयो । हाल एम्बुलेन्स सेवा सञ्चालन भइरहेको, भिरालो जग्गामा विभिन्न ७ सय प्रजातिका बोटबिरुवाहरु जिल्ला भु–संरक्षण कार्यालयको सहयोगमा वृक्षरोपण, स्वास्थ्य इकाइमा सवा मिटर जडान एवं विद्युत महशुल तिरिरहेको पाँचौ महिला भलिबल तथा छैठौँ पुरुष राष्ट्रिय विच भलिबल सम्पन्न, दुलालेश्वर माविलाई आर्थिक सहयोग, सम्भावित पर्यटन क्षेत्रको अवधारणाको अनुरुप ¥याफ्टीङ सेवा दर्ता प्रक्रिया सुरु, जिमहलको उचित व्यवस्थापन गरिदै, दोलालघाट बजारको फोहोर व्यवस्थापन साइकल रिक्सा हुदै ई रिक्सा खरिद गरि व्यवस्थित गरिएको, विभिन्न समयमा स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविरहरु उपलब्ध गराइदै आएको, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेको सहयोगमा रक्तदान कार्यक्रम, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयको शाखा काभ्रेको सहयोगमा रक्तदान कार्यक्रम, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयको सहयोगमा प्रत्येक महिनाको १३ गते र २८ गते निशुल्क स्वास्थ्य शिविरको सञ्चालन आँखा शिविर, बुधबारे क्लिनिक सञ्चालनमा रहेको धुलिखेल अस्पातालको शाखा सञ्चालन गर्न तत्पर भइरहेको बताउनुभयो । बजार आसपासका क्षेत्रमा नदिबाट कुनै पनि बालुवा गिट्टी झिक्नबाट गरिएको बजार क्षेत्रको फोहोर संकलन र व्यवस्थापन गरि सिल्थु सरसफाई केन्द्र तथा कवाडि व्यवस्थापन समुहसँग सम्झौता प्रक्रिया अगाडी बढाइएको, अरनिको बाटो निर्माण गर्दा भत्काइएका सार्वजनिक शौचालयहरु पुन निर्माण गरिएको, दोलालघाट सुनकोशी क्षेत्रमा पक्की शौचालय निर्माण गर्ने रकम छुट्याइएको, क्लबका सुचना सन्देश र जनचेतनामुलक कार्यक्रम निर्माण गरिएको, फोहोर व्यवस्थापन गर्न जिल्ला रेडक्रस सोसाइटी काभ्रेको सहकार्यमा डम्पिङ साइड निर्माण प्रक्रिया अघि बढाइएको, आमा समुह र महिला समुह गठन गरि महिला सिप विकास अभिवृद्धि गरिएको, कर्मचारीहरुको आलोपालोमा संस्था अघि बढ्दै आएको, दोलालघाट गाविसको सहयोगमा महिला नेतृत्व सिप विकास गराउँदै आएको दुलालेश्वर मा.वि.लाई केयूको एजुकेशनल ग्रुपबाट २ कोठे सेमि म्यानेन्ट भवन निर्माणको लागि क्लबको सहयोग र समन्वय गरि भवन हस्तान्तरण गरिएको, आवत जावतको लागि बाटोमा नयाँ बत्ति जडान, वातावरणीय अवलोकन भ्रमण, वातावरणीय सरसफाइमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

 भुम्लु गाउँपालिकाको नमुना क्लबको विकास गर्ने प्रक्रिया सुरु

नमुना केन्द्रको रुपमा दोलालघाटको पर्यटन विकासको निमित्त पिकनिक स्पोर्ट, होटेल, रिसोर्ट आदिको अवधारणाको खोजी गर्ने र दुलालेश्वर महादेव मन्दिर संरक्षणको लागि पुर्वाधार निर्माणको लागि गाउँपालिकामा समर्थन गर्ने, विभिन्न सेमिनार, गोष्ठी, शुभ कार्यका लागि क्लब भवनमा हल निर्माण गर्न गाउँपालिकामा अनुरोध गर्ने, गाउँपालिका भरि क्लबको सेवा विस्तार गर्ने, नयाँ स्थानहरुमा आवश्यकता अनुसार सडक बत्तिको विस्तार गर्ने र भइरहेको कार्यालयलाई निरन्तरता दिदै अगाडी बढ्दै जानेमा अध्ययन श्रेष्ठले काभ्रेटाइम्सलाई जानकारी गराउनुभयो । स्वच्छ टार्न मन वचन र कर्मले सेवा गरौँ भन्ने मुल भावना र मर्मका साथ वि.सं. २०५१ सालमा स्थापित यस दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले कहिल्यै पनि नाफाका निमित्त कार्य नगरि सामाजिक उत्तरदायित्व र सेवामुलक भावले मात्र यो अवस्थासम्म आइपुगेकोमा प्रष्ट पार्नुभयो । कार्यक्रममा सं. सचिव प्रेमकृष्ण श्रेष्ठले सचिवको आर्थिक प्रगति प्रतिवेदन २०७४ प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुन्दर श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संरक्षक एवं पुर्व श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेती, भुम्लु गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, संरक्षक नितु श्रेष्ठ, नेपाल समाज नेदरल्याण्डका श्याम बहादुर लामा, अरनिको यातायात सेवा समितिका ग्रुप ११ का बालकृष्ण श्रेष्ठ मानार्थ सदस्यहरु सुरेश कुमार कक्षपति, गोविन्द पराजुली, कमलकुमार काफ्ले, तिर्थलाल श्रेष्ठ, आजिवन सदस्यहरु रमेश लामा, अष्टबहादुर श्रेष्ठ, प्रेमकृष्ण श्रेष्ठ, रामकुमार शाही, सुन्दर श्रेष्ठ, मनोज श्रेष्ठ, एकराज श्रेष्ठ, सुरविर लामा लगायत रहनुभएको कार्यक्रम पुर्व अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न निकायका प्रमुखहरु सञ्चार माध्यमका सञ्चार प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थामा आबद्ध कर्तव्य निष्ठ कर्मचारी र सञ्चार माध्यमबाट सुचना प्रवाह गर्ने निकायहरुलाई प्रशंसा पत्र र मायाँको चिनोबाट सम्मान गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेमकृष्ण श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । संस्थामा हालसम्म ८ जना आजिवन सदस्य र ३५० जना साधारण सदस्यसहित संस्थामा हाल ६० लाखको हाराहारीमा क्लबको आर्थिक कारोबार पनि भइरहेको पनि जानकारीमा उल्लेख छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: