दुर्घटना किन यस्तो बढेको ?

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

२०६९ असार ३० गते शनिबार बिहानै काभ्रेवासीले दुई जना शिक्षकलाई गुमाउनु परेको समाचारपछि दुर्घटनाका त्रासदीपूर्ण समाचारहरु सुन्नु परेको छ । ३० गते विहान ६ः४५ बजे सहचालकले लापरवाही तरिकाबाट चलाएको बसले पैदल यात्रा गरेका डेगराज भट्टराई, नवराज तिमल्सिनालाई किच्दा डेगराजको घटनास्थलमा र नवराजको उपचारका क्रममा मृत्युको समाचारसँगै ३१ गते भारतबाट तीर्थयात्राका लागि आएको बस नवलपरासीको नहरमा डुब्दा ३९ जना यात्रुको मृत्यु भयो । साउन १ गते बिहानै उदयपुरबाट काठमाडौं आएको बस कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु भयो । सोही दिन नवलपरासीमा बस र टिपर एक आपसमा ठक्कर खाँदा ४ जनाको मृत्यु भयो । आइतबार झापा, नवलपरासीमा दुर्घटनाबाट २० भन्दा बढीको मृत्युको संख्या हेर्दा झण्डै १ सय पुग्न लागेको छ । यसरी लगातार सडक दुर्घटना किन हुन्छ ? यसबाट बच्न हामीले के गर्नुपर्ला ?
आदरणीय पाठक महानुभावहरु दुर्घटनालाई रोक्ने पहिलो उपाय नै सावधानी हो । दुर्घटनाको प्रमुख कारण हो – लापरवाही । सरकारको लापरवाही, प्रहरी प्रशासनको लापरवाही, चालकको लापरवाही, यात्रुको लापरवाही र व्यवसायीहरुको लापरवाहीले दुर्घटनाहरु बढेका हुन् । यसका लागि हामी सबैले आ आफ्नो ठाउँबाट सचेतना फैलाउनुपर्छ । दुर्घटनाको न्यूनीकरणका लागि आजैदेखि म सावधानी अपनाउँछु भनेर आफैले आफैसँग प्रतिबद्धता अपनाएको खण्डमा आधा दुर्घटना हुँदैन । सरकारको यातायात क्षेत्रमा बनाइएका नियम ऐन कानुनहरु थोत्रा भइसकेका छन् । आधुनिक व्यवहारिक र यातायातको अन्तर्राष्ट्रिय कानुन अनुसार नीति नियम ऐन कानुन सरकारले समय अनुसार नबनाउनु हदैसम्मको लापरवाही हो ।
अर्कातर्फ प्रहरी प्रशासनले दुर्घटनापछि पीडित र पीडक दुवैबाट केही झर्ला र खाउँला भन्ने मानसिकताले हाम्रा अगाडि भएका दुर्घटनाबाट हामीले थाहा पाएका छौं । सरकारको नीति नियमलाई पालना नगराउने प्रहरी र प्रशासनको लापरवाहीले दुर्घटना बढेको भन्न सकिन्छ । चालक यस्तो व्यक्ति हो जसको हातमा धेरै व्यक्तिको ज्यान हुन्छ । ऊ जिम्मेवार नबन्नु जथाभावी चलाउनु ट्राफिक नियम उल्लंघन गर्नु, बस (गाडी) को र सडकको अवस्थाको पूर्व जानकारी नहुनु पनि लापरवाही हो । गाडी चलाउँदा मादक पदार्थ सेवन गर्नु, चुरोट खानु, मोबाइल फोन प्रयोग गर्नु र नजिकै तरुनी राखेर गफिनुले दुर्घटना भएका समाचार छन् । क्षमता भन्दा बढी यात्रु राख्नु थोत्रा सवारी साधन चलाउनु । ड्राइभिङमा दक्ष नभई सिकारुले चलाउनु र सक्षम भए पनि अस्वस्थ र सवारी चलाउँदा निदाउनुले पनि धेरै दुर्घटना भएका छन् । त्यसैले पैदल यात्रुले जथाभावी बाटो काट्नु सडकको दायाँबायाँ जहाँ पनि पार्किङ गर्नुले पनि दुर्घटना भएका छन् । व्यवसायीले पनि आफ्नो सवारी साधन चालकका बारेमा पूर्व जानकारी नहुँदा दुर्घटना भएका छन् ।
सरकार, प्रहरी प्रशासन, चालक, यात्रु, व्यवसायी हामी सबैले अब दुर्घटनालाई रोक्नुपर्छ । हाम्रंो एक एक निमेषको सावधानीले हामी बाँच्न सक्छौं, अरुलाई बचाउन सक्छौं । आजको आवश्यकता हो सम्भावित दुर्घटनालाई रोक्नु र अकाल मृत्युबाट सबैलाई जोगाउनु । यसको थप विषयमा हामी सरकारलाई सवारी सम्बन्धी प्रचलित अन्तर्राष्ट्रिय कानुनलाई हाम्रो देशमा लागू गर्न अनुरोध गर्दछौं ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: