दुई काभ्रेली केन्द्रीय नेता भए

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको असन्तुष्टि मेटाउने प्रयत्न गरेको छ । देउवाकै माग अनुसार काँग्रेसका भातृ संगठनहरुमा मनोनयन पनि भयो । मनोनयककै क्रममा दुई काभ्रेली युवा केन्द्रीय नेता हुन पुगेका छन् । नेपाल तरुण दलको केन्द्रीय सदस्यमा महेश खरेल र नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा भगवान अधिकारीको मनोनयनले काभ्रे काँग्रेसमा उत्साह थपिएको छ । दुवै नेता क्षमतावान् छन् । योग्यता र दक्षताका साथै नेपाली काँग्रेसको जीन पनि छ र जनतामा भिज्न सक्ने नैतिक पूँजी पनि भएको एक काँग्रेसी बुद्धिजीवीले काभ्रे टाइम्सलाई बताए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: