दलित महिला संघको सार्वजनिक सुनुवाई

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

सार्वजनिक सेवामा दलित तथा अन्य सीमान्तकृत महिलाहरुको सोधखोज कार्यक्रम अन्तर्गत जिविस हलमा सार्वजनिक सुनुवाई कार्यक्रम भाद्र ६ गते सम्पन्न भयो । दलित महिला संघ काभ्रेकी अध्यक्ष सानुमैया रम्तेलको अध्यक्षता र केन्द्रीय अध्यक्ष दुर्गा शोपको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रजिअ रुद्रनाथ बस्याल, दलित महिला संघका परियोजना प्रबन्धक हिरा विश्वकर्मा, जिल्ला पशु कार्यालयका प्रमुख केशव अच्छामी, कृषि कार्यालयका अधिकृत रामचन्द्र पोखरेल, महिला तथा बालबालिका केन्द्रकी शाखा अधिकृत भवानी कपाली, इन्सेक प्रतिनिधि भोजराज तिमल्सिना, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल लगायतले बोल्नुभएको थियो । – सीता मगराती

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: