दलितहरुका लागि नेतृत्व विकास तालिम

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

सार्वजनिक सेवामा दलित तथा सीमान्तकृत समुदायको सोधखोज कार्यक्रम अन्तर्गत दुईदिने जिल्लास्तरीय नेतृत्व विकास तालिम सम्पन्न भएको छ । दलित महिला संघको आयोजनामा असार ६ र ७ गते भएको तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले गर्नुभएको थियो । संघकी उपाध्यक्ष सीता मंग्रातीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका प्रमुख केशव अच्छामी, पनौती नपाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, दलित महिला संघका परियोजना प्रबन्धक हिरा विक, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, इन्सेक प्रतिनिधि भोजराज तिमल्सिना, दलित महिला मंचकी अध्यक्ष सुशीला परियारले बोल्नुभएको थियो । सरकारी सेवा प्रदायक निकायहरुबाट दलित महिलाहरुले आफ्नो हक र अधिकार प्राप्त गर्न सशक्त तुल्याउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: