दलहरु मुठभेडतिर

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रिया, संविधानसभाको चुनाव, संविधान निर्माण प्रक्रिया मात्र होइन, संविधान सभा विघटन भएर पत्रिका अवधि गुज्रिसक्दा पनि राजनीतिको केन्द्रविन्दुमा नै छन् । एमाओवादीबाट छुट्टिएर नेकपा माओवादीले शनिबार गरेको गोलमेच बैठकमा पनि प्रचण्ड केन्द्रविन्दुमै रहे । उनले दलहरु विशेषत एमाले, काँग्रेस संघीयताका सवालमा सहमतिमा नआउने हो भने मोर्चाबन्दी गरेर मैदानमा आउन चेतावनी दिए लगत्तै शनिबार र आइतबार उनले प्राप्त सत्ता सजिलै नछोड्ने स्पष्ट कुरा सार्वजनिक गरे ।
प्रचण्डले सत्ता नछोड्ने कुरा मात्र गरेका छैनन् । जस्तालाई तस्तै गरेर ‘टिट् फर ट्याट’ गर्ने उनको यो उद्घोषसँगै मुलुक अब मुठभेडतिर जान लागेको संकेत दिन्छ । अहिले वर्षायाम छ । किसानहरु बाली लगाउन व्यस्त छन् । चाडबाडहरु अगाडि आइरहेको अवस्था छ । यस्तो बेलामा सजिलै सरकार नछोड्ने एमाओवादीले बताइरहेका बेला दलहरुले राष्ट्रपतिलाई जति नै हार गुहार गरे पनि राष्ट्रपति असंवैधानिक काम गर्ने मुडमा छैनन् । सरकार मधेशी दललाई साथमा लिएर अगाडि झन् अगाडि बढ्ने अवस्थामा क्रियाशील छ । अब काँग्रेस र एमालेका लागि ठूलो आन्दोलन नगरी नहुने स्थिति पैदा भएको छ तर आन्दोलन कसरी जनआन्दोलनतिर लौजाने यो चुनौती ती दलहरुलाई छ ।
पार्टीहरु आफ्नै पार्टीभित्र विभक्त छन् । गुट उपगुट मात्र होइन, अब कसरी जाने ? संविधानसभाको चुनावमा जाने हो कि संसदीय चुनाव गर्ने हो भन्ने बारेमा काँग्रेस एमाले अल्मलिएको अवस्था छ । यो चुनौती भइरहेको बेला प्रचण्डले मैदानमा उत्रन चुनौती दिएपछि एमाले, काँग्रेसको अब अस्तित्वको सवाल भएको छ । जसरी पनि आन्दोलन उठाउनुपर्छ भन्ने मान्यतामा काँग्रेस, एमाले छन् । अब दशैतिहार छठसम्म पनि सहमति अनुसार देश जान सकेन भने अवश्य पनि देश मुठभेडतिर जानेछ । मुठभेडमा गएपछि मुलुक र मुलुकको अस्तित्व के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । दलहरु गम्भीर भएर सहमति र सहकार्यको राजनीतिलाई पछ्याउँदै पार्टी हितलाई भन्दा पनि देशको हितलाई सर्वोपरी ठानेर अगाडि बढ्न हाम्रो हार्दिक आग्रह छ ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: