दलहरुले राष्टपतिलाइ विवादमा तान्न खोजे ,राष्ट्रियसभा गठन  नभएसम्म कांग्रेसले  सरकार नछाड्ने

प्रकाशित मिती : बुधबार, पुस ५, २०७४ by   ·   Comments

 

टाइम्स विश्लेषक

आइतबार वाम गठबन्धनका नेताद्वय केपी ओली र प्रचण्डले प्रधानमन्त्रिले  कुर्सी छोड भनेर देउवाको राजीनामा मागेका छन्   ।  ओली र प्रचण्डले देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको प्रधानमन्त्रीका निकट संबिधान विदाहरु बताउछन  । केहि संविधानविदहरु  राष्ट्रियसभा गठन नगरी प्रनिनिधिसभाले पूर्णता नपाउने भएकोले सरकारले अघि सारेको अध्यादेश राष्ट्रपति कार्यालयले रोक्न वा फिर्ता पठाउन नसक्ने बताइरहेका छन्  । हलो यहि नेर अड्किएको छ  । प्रम देउवा राष्टिय सभा गठन नगरी सरकार नछाड्ने निर्वाचन आयोग पनि राष्टिय सभा गठन नभई  समानुपातिकको अन्तिम नतिजा सार्वजनिक नगर्ने  भए पछि देशमा नया जनमत पाएका जनप्रतिनिधिहरु सपथ खान र जनताको काम गर्नबाट  बन्चित भएका छन्   । राष्टिय सभा गठन सम्बन्धि अध्यादेश राष्टपति कार्यालयमा छ  । यो अध्यादेश लाइ राष्टपतिले रोकेकी छन्  । प्रधानमन्त्री देउवाले कुनै दलको प्रभावमा राष्ट्रपतिले अध्यादेश अड्काउन नमिल्ने अडान राख्दै आएका छन्  । राष्टिय सभा गठन सम्बन्धि ऐन नहुँदाखेरि राष्ट्रिय सभा गठनमा ढिलाइ भयो, राष्ट्रियसभा गठन नहुँदाखेरी प्रतिनिधिसभाको समानुपातिकको सूची दिन सकिन्न भनेर निर्वाचन आयोगले बोलिसकेको छ । दलहरु यहि विवादको भुमरीमा फसेका छन्   ।

  राष्ट्रिय सभा गठन पूर्व नै प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चर्किएको छ । वाम गठबन्धनले राष्ट्रिय सभामा न्यूनतम महिला प्रतिनिधित्व संविधान मै सुनिश्चित गरिएकाले त्यसकै आधारमा एकतिहाइका लागि आवश्यक बाँकी महिला सदस्य उपल्लो सदनको निर्वाचन अघि नै समानुपातिकबाट चयन गरी अन्तिम मतपरिणाम सार्वजनिक गर्न मिल्ने तर्क गरेको छ ।

सरकार, सत्तारुढ नेपाली कांग्रेस र निर्वाचन आयोगले भने त्यसो गर्न नमिल्ने धारणा राखेका छन्। वाम गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा गठनको विषय समानुपातिक सिटको बाँडफाँटसँग सम्बन्धित नरहेको भन्दै अन्तिम मत परिणाम सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताएका छन्। वाम गठबन्धनका आफ्ना सहयात्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आइतबार संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत भएका ओलीले भने, “राष्ट्रिय सभामा एक तिहाई मत नपुग्ने कुरै छैन। सातवटा प्रदेशबाट २१ जना र राष्ट्रपतिबाट एकजना मनोनित गर्ने एकजना गरेर २२ जना महिला अनिवार्य हुन्छ । त्यो भनेको ३७.२ प्रतिशत हो। त्यसैले राष्ट्रिय सभाको समानुपातिक तर्फ केही भूमिका छैन। भ्रममा पार्न खोज्नु भएन ।“

संघीय संसद अर्थात प्रतिनिधि सभा र राष्ट्रिय सभामा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६ महिला मात्रै विजयी भएका छन् र अब बाँकी संख्या समानुपातिक र राष्ट्रिय सभाको निर्वाचनबाट पूर्ति गर्नुपर्ने अवस्था छ। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित र सातवटै प्रदेशबाट निर्वा्चित हुने सदस्यमध्येबाट न्यूनतम २२ जना महिला आउने संवैधानिक व्यवस्था छ । तर उक्त न्यूनतम संख्या भन्दा बढी महिला पनि चयन भएर आउनसक्ने भएकाले राष्ट्रिय सभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिकको अन्तिम टुंगो लगाउनुपर्ने निर्वाचन आयोगले बताएको छ । आयोगका प्रवक्ता नवराज ढकाल भन्छन्, “प्रत्यक्ष तर्फ कम हुने महिलाहरुको संख्यालाई समानुपातिक सूचीबाट क्षतिपूर्ति गर्नुपर्छ। महिलाहरुको संख्या यकिन गर्दा संघीय संसदको एक तिहाई राजनीतिक दलहरुले र्पुयाउनुपर्छ । कुन राजनीतिक दलले राष्ट्रिय सभामा कति सिट ल्याउँछ भन्ने कुरा विषय हुन्छ नी ।“ निर्वाचन आयोगको धारणामा सरकार र सत्तारुढ दलहरु सहमतण् देखिन्छन्। समानुपातिकको अन्तिम किनारा नलागुञ्जेल अन्तिम चुनावी परिणाम घोषणा हुन सक्दैन र त्यो बिना सरकार गठनको प्रक्रिया अघि बढ्ने छैन जसका कारण वाम गठबन्धन चिन्तित जस्तो देखिन्छ । मत परिणाम घोषणाको प्रक्रियालाई लिएर दलहरु मात्रै होइन संविधानविद्हरुको पनि मत बाँझिएको छ ।  

अब के हुन्छ ?

एक साता भित्र पनि प्रम देउवाले सत्ता नछोडे बाम गठबन्धनका नेता कार्यकर्ताले सडक तताउने निश्चित छ  राष्टपतिले अध्यादेश रोक्नु हुन्न भनेर कांग्रेस भन्दैछन भने बाम शिर्ष नेताले आइतबार पत्रकार सम्मेलन गर्दै राष्टपतिले अध्यादेश पारित गर्न हुन्न भन्दैछन । अन्तिम अवश्थामा राष्टपति विद्यादेवी भण्डारीलाइ  विवादमा   मुछ्न खोजिदैछ   सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश ’गैरसंवैधानिक’ ढङ्गले अघि नबढाएको बताउँदै कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारको बचाउ गरेका छन्। कानुनमन्त्री थापाले संसद विघटन हुनुभन्दा अघि नै गत असोज महिनामा राष्ट्रिय सभा निर्वाचन एकल संक्रमणीय वा बहुमतीय प्रणालीबाट गर्नेबारेमा सहमति नजुटेकोले सरकारले उक्त अध्यादेशलाई निर्वाचन प्रक्रिया शुरु नहुँदै अघि बढाएको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउँदै आएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने चुनावी परिणाम आफू अनुकूल नभएपछि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले ’गैरसंवैधानिक’ ढङ्गले अध्यादेश अघि बढाएको आरोप लगाएका छन्। राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणालीबाट गर्ने भन्नेबारेमा दलहरुले पर्याप्त छलफल गरेपनि सत्ताको नेतृत्व गरेको कांग्रेस र एमाले आआफ्नै अडानमा रहेका कारण उक्त विषय थाती रहेको थियो।संसदबाट उक्त विषयको टुङ्गो नलागेकोले सरकारले संविधानको मर्म र विगतका परम्परा अनुसार उक्त अध्यादेश राष्ट्रपति समक्ष पठाएको कानुनमन्त्रीको भनाइ छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आएको र समानुपातिक निर्वाचन बाँकी नै रहेको अवस्थामा ’सबै निर्वाचन सम्पन्न गराउनुपर्ने वर्तमान सरकारको दायित्व विपरीत अहिले वाम गठबन्धन बाधक बनिरहेको’ कानुनमन्त्रीको तर्क छ ।

 यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन् । राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पौडेलको तर्क छ ।राजनीतिक जीवनमा पहिलो पटक संसदीय चुनावमा पराजय व्यहोरेका पौडेलले मतदातालाई धन्यावद दिनेक्रममा आइतवार आयोजित कार्यक्रममा भने, ‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थीत गरेको छ । संविधानकानुन र प्रक्रिया बेगर जथाभाबी कांग्रेस जस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिड्दैन ।’उनले संसदले पूर्णता नपाएसम्म सरकार नछाड्ने दोर्होयाए । सांसदको चुनाव हारेका पौडेलले आफू स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर तनहुँको विकासको काम गर्नका लागि सधै तयार रहेको बताए । उनले कांग्रेसलाई आफू सच्चिएर अघि बढ्ने अवसर प्राप्त भएको बताए । अब कांग्रेसमा दुःख पाएकाले न्याय पाउने र क्षमता भएकाले अवसर पाउने सन्देश दिन जरुरी रहेको पौडेलले बताए । तनहुका विभिन्न गाउँमा धन्यवाद दिने क्रममा पौडेलसँगै प्रदेशसभाका उम्मेदवार कांग्रेस नेता गोविन्द भट्टराई, समानुपातिक उम्मेदवार पूर्णवहादुर गुरुङ, सरिता गुरुङ लगायत सहभागी थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: