त्यो नतिजा फर्जी हो भन्ने मलाई लाग्छ– श्यामप्रसाद पाण्डेय्

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

– श्यामप्रसाद पाण्डेय्, प्रधानाध्यापक, आजाद उच्च मा.वि., बनेपा
सस्र्यूंखर्क–१, काभ्रेमा २०२३ असार १५ गते माता शुभद्रा र पिता रामप्रसाद पाण्डेयका पुत्रको रुपमा श्यामप्रसाद पाण्डेको जन्म भएको हो । २०४० सालदेखि शिक्षण पेसा सुरु गर्नुभएको पाण्डेय आजाद उच्च मावि बनेपामा ०६६ असारदेखि प्रअको जिम्मेवारी सम्हाल्नुभएको छ । मुलुकमा संचालन भएको शिक्षा पद्धति, नीति नियम सो परिधिभित्र रहेर संचालनमा रहेका सरकारी तथा निजी विद्यालय अनि तिनीहरुले उत्पादन गरेका विद्यार्थीहरुको भविष्य कति सुरक्षित छन् त कुन विद्यालयले दिएको शिक्षा गुणस्तरीय परिणात्मक छन् भन्ने चर्चा परिचर्चा प्रवेशिका परीक्षाको नतिजा प्रकाशित भए पश्चात विभिन्न खालका टिका टिप्पणी हुने गर्दछन् । ती कति जायज छन् या नाजायज त्यसको मूल्यांकन समयले गर्ला नै । यसै सन्दर्भलाई विषयवस्तु बनाई हरेक शनिबार साँझ ७ देखि ७ः३० बजेसम्म रेडियो एबीसी एफएम ८९.८ मेगाहर्जद्वारा प्रस्तुत भएको प्रअ श्यामप्रसाद पाण्डेयको अन्तवार्ताको मुख्य अंश काभ्रे टाइम्समा प्रस्तुत गरिएको छ ।

 

० शिक्षण पेसा अँगाल्नुभएको लामो समय भयो । मुलुकको शिक्षा प्रणालीलाई कुन रुपमा लिनुभएको छ ?
अहिलेसम्म संचालनमा रहेको शिक्षा प्रणाली तदर्थवादमा चलेको छ । नीतिनियम एकातिर छ शिक्षा नियमावली र नीतिबीच सामञ्जस्य छैन । राज्यमा सरकार परिवर्तनसँगै शिक्षा नीति परिवर्तन भइहाल्छ । त्यो कार्यान्वयन हुन नपाउँदै अर्को आउँछ, त्यसैगरी आउने जाने क्रम चलिरहन्छ । मुलुकमा शैक्षिक वातावरण अन्धधुन्द किसिमबाट संचालन भएको छ । शिक्षा दुईवटा डुंगामा एउटा खुट्टा राखेर चलाइरहेको अवस्था हो । ०४६ सालबाट देशमा बहुदलीय व्यवस्था स्थापना भयो । यसपछि शिक्षामा केही परिवर्तन भएको छ । शिक्षा जस्तो संवेदनशील वस्तु जुन विना मानव जीवन अधुरो हुन्छ, यसलाई प्रभावकारी बनाउन रोजगारमूलक शिक्षा आवश्यक छ, त्यो हुन सकेको छैन ।

० विद्यार्थीहरु किन असफल हुन्छन् ? आफै नपढेर हो कि शिक्षकले राम्रो नपढाएर ? असल विद्यार्थीहरुमा हुनुपर्ने गुण ?
विद्यार्थी हुन सफल र असफल हुनुमा समिश्रण रुपमा जिम्मेवार समाहित हुन्छ नै यसमा धेरै पक्ष भागीदार छन् । शिक्षा प्रणाली, शिक्षक, अभिभावक विद्यार्थीमा समन्वय भएर अगाडि बढ्नुपर्छ । विद्यालयमा शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नु प¥यो । विद्यार्थीले नियमित गृहकार्य गर्नुप¥यो । अनुशासित र इमान्दारिता कायम भएमा विद्यार्थीहरु असफल हुन सक्दैनन् । विगतको तुलनामा विद्यार्थी अध्ययन गर्न चासो दिने, अभिभावकले आफ्ना बालबालिकालाई कम निगरानी गर्नु, केही शिक्षकहरुको अव्यवस्था पनि छ नै शिक्षामा उदार नीति १–८ कक्षासम्म विद्यार्थी पास गर्नुपर्ने नीति सरकारले ल्याएकोले यस्तो समस्या सिर्जना आएको हो ।

० सरकारी विद्यालयको तुलनामा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बढी उत्तीर्ण भएको देखिन्छ । निजीको तुलनामा सरकारी शिक्षकहरुलाई तलब र सुविधा बढी हुन्छ । तर पनि विद्यार्थी उत्तीर्ण दर भने कम छ । शिक्षकहरु अल्छी भएर यस्तो भएको हो कि के हो ?
निजी विद्यालयहरुले प्रवेशिका परीक्षाको नतिजामा अधिकांशले अधिकांशले राम्रो हो भन्ने सकिने अवस्था छैन । त्यो नतिजा फर्जी हो भन्ने लाग्छ । किनकि विद्यार्थीलाई सुुगा रटाई गरेर एकोहोरो लगाइएको छ । मुलुकमा शिक्षामा गरिने मूल्यांकन ठीक छैन । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले +२ मा राम्रो ¥यो कि गरेन, लोकसेवा परीक्षा दिँदा कत्तिको सफलता हाासिल ग¥यो, शैक्षिक प्रशासकमा कुन विद्यालयमा अध्ययन गरेका विद्यार्थी पुगेका छन् तिनीहरुमा लेखाजोखा हुनु आवश्यक छ । सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी व्यवहारिक सामाजिक परिवेशमा भिज्ने हुन्छन् । तर निजीमा अध्ययन गर्ने विद्यार्थीमा त्यो पाउन कठिन हुन्छ । विगतको तुलनामा सरकारी विद्यालयमा अध्ययन गराउने परिपाटी शैक्षिक वातावरण राम्रो छ सरकारी विद्यालयको नतिजालाई कम आँक्न मिल्दैन । शैक्षिक सुधार भएको छ ।

० सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थी आकर्षित हुनुको कारण ?
अन्तर्राष्ट्रिय बजारमा अंग्रेजी भाषाको महत्व भएका कारण अंग्रेजीप्रति विद्यार्थी र अभिभावकको बुझाई त्यसरी होमिएको हुँदा त्यस्तो भएको हो । वर्तमान अवस्थामा अंग्रेजी भाषा राम्रो जान्नु नराम्रो भने होइन । तर सरकारी विद्यालयले पनि अझ बढी मेहनत गर्नु आवश्यक छ । अंग्रेजी माध्यमबाट अध्यापन गराउन विद्यालय व्यवस्थापन समिति, अभिभावक सबै लाग्नु जरुरत छ । सामुदायिक विद्यालयमा यथास्थितिवादी सोच रहिरहनु परिवर्तन नहुनु यस्तो अवस्थाको अन्तरवस्तुबारे सरकार र अभिभावकले बुझेमा सही दिशा निर्देश दिई शिक्षकलाई राम्रो तालिमको उचित व्यवस्था, विद्यार्थीहरुलाई शैक्षिक वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी हो ।

० कतिपय सरकारी विद्यालयले प्रवेशिका परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल हुन्छन् भने कतिपय शुन्यतामा छन् किन होला ?
अधिकांश सरकारी विद्यालयमा शैक्षिक वातावरणको कमी छ । भौतिक संरचना राम्रो नहुनु, हुरीबतास, पानी आउँदा वर्षादको समयमा विदा दिनुपर्ने अवस्था छ । ग्रामीण भेगका विद्यार्थीहरुले घरको काम गरेर पढ्न जानुपर्ने अर्को बाध्यता छ । सरकारी भएपनि केही विद्यालयहरुमा स्थानीय अभिभावक, व्यवस्थापन समिति र शिक्षकहरुको सक्रिय सहयोगमा विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कक्षा संचालन गरी नमूनाको रुपमा विद्यालय संचालन गरिएको पाइन्छ । विगतका वर्षमा भन्दा हाल सरकारी विद्यालयको अध्यापनको स्तर बृद्धि भएको छ । प्रवेशिका परीक्षामा राम्रै प्रगति भएको छ । तर जति हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । गृहकार्य विद्यालयमा नै गराउनुपर्ने राज्यस्तरमा नै त्यस्तो शून्यता प्रतिशत अहिले आएको छैन ।

० नेपालजस्तो अल्पविकसित देशमा कस्तो शिक्षा आवश्यक छ ?
शिक्षाका सवालमा विभिन्न व्यक्ति र शिक्षाविद्हरुले समय समयमा शिक्षाका सन्दर्भमा विभिन्न टीका टिप्पणी गरेको पाइन्छ । केही कम्युनिष्ट राजनेताहरु जनवादी शिक्षाविद्हरु भन्छन् – व्यवहारिक शिक्षा चाहे जेसुकै भए पनि मुलुकमा विश्व बजारमा बिक्ने रोजगारमूलक शिक्षा आवश्यक छ । शिक्षामा विविधिरण हुनुपर्छ । प्रवेशिका परीक्षाको नतिजा पछि तथ्यांक अनुसार सफल भए मध्ये आधा विद्यार्थी संख्या शिक्षा संकाय अध्ययन गर्छन् । करीब वार्षिक रुपमा २ लाख भन्दा बेसी शिक्षकहरु उत्पादन हुन्छन् । राज्यले तिनीहरुलाई कहाँ रोजगार दिन सक्छ । राज्यले रोजगारी दिने किसिमले हरेक क्षेत्रमा प्रवेश गराउने उद्देश्यका साथ मुलुकमा कुन क्षेत्रमा कस्तो जनशक्ति आवश्यक छ, सोही अनुरुप पढ्ने व्यवस्था गरिनुपथ्र्यो । देशलाई आवश्यकपर्ने जनशक्ति इन्जिनियर, डाक्टर, प्राविधिक, शिक्षक देश अनुकुल कुन कुन आवश्यकता छ र सोही अनुरुप फिट हुने शिक्षा हाम्रो मुलुकमा खाँचो छ ।

० सरकारी विद्यालयका अधिकांश शिक्षकहरु दक्ष छैनन् । अदक्ष शिक्षकहरुबाट सिकाइएका विद्यार्थीहरु कसरी सफल हुन सक्छन् ?
सरकारी विद्यालयमा केही शिक्षकहरु पुराना मूल्य मान्यता भएका, शिक्षामा नयाँ श्रृजना दिन नसक्ने हुनुहुन्छ नै । त्यस्ता शिक्षकहरुलाई विशेष सेवा सुविधा दिई हटाएर नयाँ योग्यता, दक्षता भएकाहरुलाई लोकसेवा आयोगले हरेक वर्ष खुला प्रतिस्पर्धाबाट शिक्षकहरुको छनोट गरी नियुक्ति गरेको खण्डमा शिक्षामा नयाँ श्रृजना दिन सक्ने गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने छ । शिक्षक नियुक्ति गर्ने प्रावधान नै एकद्वार प्रणाली हुनुपर्छ । शिक्षक सेवा आयोगबाट मात्र त्यो कार्य गर्नुपर्छ । ०५२ सालदेखि १७ वर्ष भयो अहिलेसम्म शिक्षामा लोकसेवा आयोग खुलेकै छैन । अनि कसरी शिक्षामा सुधार हुन्छ ? कुनै पनि सरकारी विद्यालयमा शिक्षक अपुग छ । सबैमा शिक्षक दरबन्दी मिलान हुनुपर्छ । शिक्षकमा सबै स्थायी हुनुपर्छ । अस्थायी र राहत भन्ने सबै हट्नुपर्छ ।

० सरकारी विद्यालयमा पढाउने शिक्षकहरु बढी राजनीति गर्न हिँडेर नतिजा खस्केको हो भनिन्छ नि । शिक्षकको काम पढाउने हो कि राजनीति गर्ने ?
राजनीति केलाई भन्ने र कसरी भन्ने कुरा आउँछ । राजनीति भनेको मूल नीति हो यो सबैले जान्नु बुझ्नु जरुरी छ । जो कोही यसका विषयमा अछुतो छैन । पेशागत हक हितसँग सम्बन्धित रहेर शिक्षासँग प्रत्यक्ष सरोकार राखेर शैक्षिक गुणस्तर बृद्धि गर्न राज्यलाई झक्झकाउने कार्य गर्न शिक्षक संगठनको आवश्यकता हो । मुलुकमा शिक्षण पेशामा लागेर राजनीतिक झण्डा बोकेर राजनीति गर्ने होइन । शिक्षकले विद्यार्थी पढाउने हो । जहाँसम्म नतिजा खस्केको कुरा छ, त्यो कारण शिक्षक मात्र दोषी छैन । देशको शिक्षा प्रणाली, शैक्षिक वातावरण राम्रो नहुनु, विद्यार्थीहरु अनुशासित नहुनु, इमान्दारीका साथ पढ्ने कार्य भन्दा अन्य कार्य गर्ने जस्ता क्रियाकलापले शैक्षिक नतिजाको स्तर घटेको छ । यसलाई सबैले आ आफ्नो स्थानबाट सहयोग पु¥याउनुपर्छ ।

० धनीवर्गले अध्ययन गर्ने थलो निजी विद्यालय, गरीब र निम्न आय भएकाको अध्ययन गर्ने थलो सरकारी विद्यालय भएको छ । यस्तो विभेद कसरी हटाउन सकिन्छ ? राज्यको भूमिका कस्तो हुनुपर्छ ?
नेपालमा धनी र गरीब बीचको सामञ्जस्य मिलेको अवस्था छैन । धनी र गरीबले अध्ययन गर्ने विद्यालय फरक हुनु र गरिनु दुवै विडम्वना हो । यो सामाजिक मान्यता नै बसीसकेको अवस्था हो । भारतमा नै हेर्ने हो भने पनि जुनसुकै नागरिकका छोराछोरी भए पनि पहिला सरकारी विद्यालयमा भर्ना हुन जान्छन् र नभएमा मात्र निजी विद्यालयमा भर्ना हुने चलन छ । हाम्रो देशका ठूला भनाउँदा राजनीतिक दलका नेता, प्रशासक, ठूलो ओहदामा बसेका व्यक्तिहरुले निजी विद्यालय र कलेज संचालन गर्ने, यिनीहरुले नै अतिरञ्जित ढंगबाट निजी विद्यालय राम्र्रो छ, पढाइ स्तरीय छ भनेर हल्ला गर्ने गरेर शिक्षा क्षेत्रमा नै चरम व्यापारिकरण गरेको मात्र हो । जति हल्ला गरिएको छ सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भनेर त्यो विचार गmत सावित भएको छ । किनकी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एकोहोरो सुगा रटाइ किसिमको शिक्षा लिएको हुन्छ, व्यवहारिक हुँदैन । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी व्यवहारिक हुन्छन् । अधिकांश लोकसेवा पास गर्ने सरकारी कार्यालयमा काम गर्ने विद्यार्थीहरु भएको पाइएको छ । त्यस कारण अबका दिनमा सबैको रोजाई नै सरकारी विद्यालय हुने दिन आइसकेको छ । राज्यले सरकारी विद्यालयलाई केही सुधार गर्ने योजनालाई शिक्षामा परिवर्तन गर्न अग्रसर भएमा निजी विद्यालयको तुलनामा सरकारी विद्यालयले उत्पादन गर्ने विद्यार्थीको शैक्षिक स्तर माथि नै हुनेछ ।

० अनौपचारिक विद्यालय, खुला निमावि, मावि संचालनमा आएका छन् । कस्तो किसिमबाट संचालन हुन्छ ?
अनौपचारिक तथा खुला निमावि र मावि दुवैमा राज्यको लगानी रहेको छ । कक्षा ८ पास गरेर दुईवर्ष बिताएर बसेकाले यस विद्यालयमा भर्ना हुन पाउँछन् । अनौपचारिक खुला विद्यालय शिक्षा मन्त्रालय अन्तर्गत गैरसरकारी संस्थासँग सम्बन्धित रहेर दर्ता हुन पाउँछन् । खुला निमाविमा भर्ना शुल्क २०० र माविमा वार्षिक रुपमा २ हजार ५ सय लिने गरिन्छ । दिनको २ घण्टा अध्यापन गराउने गरिन्छ । ३५ दिनको कक्षा हुन्छ । माध्यमिक तहमा ४ घण्टा विहान ६ देखि १० बजेसम्म अध्यापन गरिन्छ । हाम्रो विद्यालयबाट गत साल १५६ जनामा ८८ जना उत्तीर्ण भएका थिए ।

० शिक्षा क्षेत्रमा लाग्दाका कुनै अविस्मरणीय क्षण ?
शिक्षण पेसामा लाग्दाका धेरै अविस्मरणीय क्षणहरु छन् । ती मध्ये नै ०४० सालदेखि पूर्व प्राथमिक तहदेखि उच्च मावि तहसम्म अध्यापन गर्न पाउँदा ज्यादै खुसी लागेको छ । अति विकट दुर्गम गाउँ कानपुरको कानपुर उच्च मावि संचालन गर्दा भोगिएका विभिन्न आरोह अवरोह याद आउँछ । विगतमा उच्च मावि संचालन गर्न ८ लाख धरौटी राख्नुपर्ने कहाँबाट त्यत्रो रकमको व्यवस्था कसरी गर्ने ज्यादै तनावमा परियो । त्यतिबेला वन उपभोक्ता समिति, गाविस र स्थानीय जनतासँग रकम उठाएर रकम जम्मा गरी विद्यालयलाई उच्च मावि बनाउन सफल भयौं । उक्त गाउँका विद्यार्थीहरुलाई उच्च शिक्षा दिन सकेकोमा शैक्षिक स्तर बृद्धि गर्न सफल भएकोमा हर्षको सीमा रहेन । यसैगरी आफ्नै नेतृत्वमा आजाद माविलाई उच्च मावि संचालन गर्न सफल भएँ । त्यसमा पनि मल्टिमिडियाको प्रयोगद्वारा उच्च माध्यमिक विद्यालय संचालन गर्न सफल भएकोमा गर्व लाग्छ ।

० अन्तमा केही भन्नु छ कि ?
शिक्षण पेसा मर्यादित पवित्र पेसा हो । शिक्षामा कुनै किसिमको राजनीतिक प्रभाव हुनुहुन्न । उच्च शिक्षा अध्ययनको क्रममा विद्यालयको वातावरण, भर्ना शुल्क, विभिन्न अन्य शुल्कहरु, सामाजिक परिवेश, व्यवहारिक ज्ञान, नैतिक शैक्षिक वातावरण कस्तो छ त्यसको अध्ययन गरेर विद्यार्थी र अभिभावकलाई कलेज भर्ना हुन आग्रह गर्दछु । शिक्षासम्बन्धी आफ्ना कुरा राख्न दिनुभएकोमा तपाईंहरुको मिडियाप्रति धन्यवाद दिन चाहन्छु ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: