तेलको भाउ फेरि बढ्यो

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राती अबेर बसेको निगम सञ्चालन समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो । निगम स्रोतका अनुसार पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ, डिजेल तथा मट्टितेलमा चार रुपैयाँ र हवाई इन्धनमा ११ रुपैयाँ बढाउने निर्णय भएको छ । यो मूल्य आइतबार रातीदेखि नै कार्यान्वयनमा आएको छ । साथै खाना पकाउने ग्यासँमा प्रति सिलिण्डर ५५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
बढेको मूल्यसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटर एकसय २५ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टितेल ९७ रुपैयाँ, हवाई इन्धन एकसय २० रुपैयाँ ६९ पैसा र एलपी (खाना पकाउने ग्याँस) प्रति सिलिन्डर एकहजार चारसय ७० रुपैयाँ पर्नेछ ।
यसैबीच पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा विभिन्न दल सम्बद्ध युवा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीले कृषि विकास मन्त्रालयको बा १ झ ८४५२ नंबरको गाडीमाथि तोडफोड गरेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: