तिमालका २२ सय घरधुरीलाई खानेपानी

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

तिमाल । तिमाल मेच्छे, नारायणस्थान, बोल्देफेदिचे, मेथिनकोट गाविसका २२ सय घरधुरीलाई रोटरी इन्टरनेशनल, रोटरी बोरालवर्ग अस्ट्रिया र रोटरी क्लब अफ काभ्रे बनेपाको परियोजनामा १५ हजार जनता लाभान्वित हुने भएका छन् । यो परियोजनाको लागत १ करोड १६ लाख ४ हजार रहेको छ ।

हिजो रोटरी नेपालका डिस्ट्रिक गभर्नर वासुदेव गोल्यान रोटरी क्लब अफ काभ्रे बनेपाका अध्यक्ष मानकाजी प्रधान लगायत १० जनाको टोलीले डिप बोरिङ खानेपानी परियोजनाको अवलोकन गरेका थिए । चार गाविसका लागि जमीन मुनिबाट पानी निकालेर पिउने पानीको व्यवस्था रोटरीले गर्न लागेकोमा त्यस भेगका जनता अत्यन्तै हर्षित भएका छन् । अहिलेसम्म १ स्थानमा पानी निकालिएको छ भने अर्को स्थानमा पानी निक्लने तरखरमा छ । बाँकी दुई स्थानमा पनि पानी निकाल्ने योजना रहेको कुरा रोटरी क्लब अफ बनेपाका अध्यक्ष मानकाजी प्रधानले काभ्रे टाइम्सलाई बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: