तरुण दलको प्रशिक्षणमा देउवा आउने

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

नेपाली काँग्रेसका युवाहरुको संस्था नेपाल तरुण दल केन्द्रीय समितिले बनेपामा मध्यमाञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम राखेको छ । आगामी भाद्र २६ गते बनेपा बसपार्कमा पूर्व प्रधानमन्त्री एवं काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गर्ने उक्त कार्यक्रमको संयोजकमा तरुण दलका केन्द्रीय सदस्य महेश खरेल हुनुहुन्छ । कार्यक्रमका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा काभ्रे तरुण दलका अध्यक्ष राम जोशी, हरिबहादुर श्रेष्ठ र महेश खरेलले प्रशिक्षण कार्यक्रम बारेमा जानकारी दिनुभएको थियो । २६ गते उद्घाटन हुने प्रशिक्षण कार्यक्रम अन्तर्गत २७ र २८ गते चेतना केन्द्र बुडोलमा नरहरि आचार्य, महेश आचार्य, बालकृष्ण खाँड, अर्जुननरसिंह केसीले युवाहरुलाई प्रशिक्षित गर्नुहुनेछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: