टिकापुर र बालक   

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

  सुजन न्यौपाने

                मानव संसारकै सर्वश्रेष्ठ प्राणी हो।अझ भनौं स प्रकृतिको अनुपम उपहार।यो धर्तिमा सेकेन्ड सेकेन्डमा नयाँ मानवले पाइला टेकिरहेको हुन्छ।असङ्ख्य मानवले भरिइसकेको छ यो जगत्।त्यसैले होला मानवको महत्त्व घट्दै गइ रहेको दिनानुदिन।

     जिन्दगिको दौरानमा सबैलाई हुसेन बोल्ट हुनु छ।अर्कोभन्दा म कसरी भिन्न देखिन्छु भन्ने ध्यान छ।कसरी सबैको नजरमा परुँ भन्ने विचार हुन्छ।तर बिडम्बना, कोहि मात्रै सबैको नजरमा सजिन्छन्।मन(मस्तिष्कमा वर्षौं सम्म डेरा जमाएर बस्छन्।सत्कर्म र समर्पणले इतिहासको स्वर्णीम पानामा आफ्नो नाम लेखाएर बिदा हुन्छन्।किन्चित  मानव नै हुन प्रायको नयनमा हरपल नाचिरहने।

     आज भन्दा करिब दुई वर्ष अगाडि वि.सं २०७२ साल भाद्र ७ गते आफ्नो कर्तव्यबाट इति पनि बिचलित नभई केही प्रहरी राष्ट्रसेवकले इतिहासमा आफ्नो नाम लेखाए।धेरै नेपालिलाई रुवाएर बिदा भए।जसलाई टिकापुर घटना पनि भनिन्छ।कैलालिको टिकापुरमा एक एस.एस.पि. सहित आठ प्रहरिको हत्या गरियो।थारुहट सङ्घर्ष आन्दोलनको नाममा कर्मक्षेत्रमा तिनै जनतालाई सुरक्षा प्रदान गर्न दिनरात नभनी खटिएका राष्ट्रसेवक लक्ष्मण न्यौपानेलाई भाला रोपेर मारियो।साथै केही प्रहरी जवानलाई जिउँदै जलाइयो।त्यो कालो दिनको स्मृतिले हजारौं नेपाली जनको मन(मस्तिष्क एकोहोरो बनाएको छ।त्यो घटना चाहेर पनि भुल्न सकेको हैन।तिनै राष्ट्रसेवकलाई एकपल सम्झने प्रयत्न गर्दै छु र त यो कलम(मसिको साथ लिएको छु।त्यो घटना सम्झदा अनुहारको रङ्ग नै फेरिन्छ।मेरो यो अपरिपक्क दिमागले केही सोच्न पनि सकेको छैन।चारैतिर अन्धकार मात्रै देख्छु।तैपनी ती नेपाल आमाका सच्चा सपुतलाई सम्झने कोसिसमा छु।मेरा यी दुई शब्दले भएपनी सम्मा दर्शाउन चाहान्छु।

     त्यो घटनालाई घरिघरी सम्झाउने अर्को पाटो एउटा दुधे बालक पनि हो।ती प्रहरीसगैं एउटा डेढ वर्षको बच्चाको पनि हत्या गरिएको थियो।त्यो बालकको किन हत्या गरियो तिनै आन्दोलनकारिलाई थाहा होला।त्यो घटना घटेको वर्ष्दिन पछि नै धेरै जनाको मस्तिष्कबाट मृतकहरुको चित्र हटिसक्यो होला।तर, आफ्नो डेढ वर्षको दुधे छोरो गुमाउँदाको त्यो पीडा एउटा बाबाले कसरी भुल्ले?आफ्नो काख नै रित्तो बनाएर अनुहार नै मलिन बनाएकी त्यो आमाको निर्दोष चेहेरामा कहिले खुशी झल्कने?आफ्नै अगाडि आँगनमा खेली रहेको नाति मर्नु सपनामात्रै हो भनेर त्यो हजुरबुबालाई कसले सम्झाउने?आँखा अगाडि भाइको मृत शरीर देखेकी दिदिको मनस्पटलबाट ती दर्दनाक दृश्यहरु कसले हटाउने?आफ्नो दाजुको अनुहारसम्म पनि देख्न नपाएकी त्यो बहिनिको मन कसरी सम्हालिने?

     घटना त घट्छ।अनुसन्धान पनि चल्छ।केही समय त्यो पिडित परिवारले चारैतिरबाट सान्त्वनाको शब्द सुन्न पाउछ।लाग्छ स अब पिडामा मलम लाग्दैछ।तर, अनायासै पीडित परिवारको अभिभावक(नेपाल सरकार)बाट एउटा अकल्पनीय निर्णय हुन्छ।घटनाको योजनाकार भनिएकोलाई सरकारले करोडको माला लगाउने रे।त्यो बूढो हजुरबुबाको शरीर काम्न थाल्छ।छोरो गुमाएको पीडा बिर्सन लागेकी आमा बेहोस हुन्छिन्।हुन त मान्छे मार्न एकपल पनि सोच्नु नपर्ने समयमा यस्तो निर्णय गर्न कुन आइतबार।त्यो पिडित परिवारमा जे सुकै बितोस् स के मतलब?

     एउटा नागरिकको नाताले मलाई पनि यो निर्णय चित्त बेझेको छैन।सरकारको अगाडि म नाथेले के गर्न सक्छु र?तर, म आफ्ना सहानुभूतिको दुई शब्द भने राख्न सक्छु।यस्तो निर्णयको समयले नै उचित मूल्याकंन गर्ला।एउटा दुधे बालकको आँसु नलागोस् कसैलाई। अन्त्यमा बिर्सने हजार प्रयत्न गर्दा पनि बिर्सन नसकेको यो घटनाको पीडित परिवार प्रती हार्दिक समवेदना ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: