ज्ञानेन्द्रलाई सिटौलाको चुनौती

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजसंस्था राख्ने सहमति भएको भन्ने पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति झुटो भएको बताउनु भएको छ । राजधानीमा भएको एक कार्यक्रममा सिटौलाले भन्नुभयो –‘पूर्वराजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधान बसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट हो । सम्झौता भएको छैन, भएको छ भने देखाउन चुनौती दिन्छु ।’
पूर्वराजाले राजनीतिक अभिव्यक्ति दिदै हिँड्नुलाई आपत्तिजनक भएको भन्दै सरकारले दिइआएको सुविधा खोस्नुपर्ने बताउनु भयो । ज्ञानेन्द्र शाहले हुँदै नभएको कुरा बोल्दै हिँड्नुको पछाडि पुनः राजा बन्ने सपना लुकेको हुनसक्ने उहाँले बताउनु भयो । राजतन्त्र फर्कन नसक्ने ठोकुवा गर्दै कांग्रेस महामन्त्री सिटौलाले भन्नुभयो –‘देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, अब फेरि राजतन्त्र आउँछ भन्नु कोरा कल्पना मात्र हो । कसैले राजतन्त्र फर्काउँछु भन्नु मनको लड्डु घ्यूसित खानु बराबर हो ।’
कांग्रेसका महामन्त्री सिटौलाले सहमतिको खाका कोरिइरहेको भन्दै दश दिनभित्र राष्ट्रिय सहमति बन्ने दावी गर्नुभयो । ‘दश दिनभित्र देशमा नयाँ राष्ट्रिय सहमति बन्छ’, सिटौलाले भन्नुभयो – राष्ट्रिय सहमतिको सरकार निर्माण भई विद्यमान गतिरोध अन्त हुन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: