ज्ञानकुञ्जको खेलकुद सप्ताह र पुरस्कार बितरण

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले मंसिर १ गते शुक्रबार  गत महिना सञ्चालन गरिएको खेलकुद सप्ताहको पुरस्कार बितरण आयोजना गरेको छ । सोही कार्यक्रममा एम.बी.एस प्रथम वर्षमा उर्तिण हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । बाटोमा भेट्टाएको १ लाख नगद, अति आवश्यक कागजात सम्बन्धि व्यक्तिलाई फिर्ता गर्ने शिक्षक सुरेश ढुङ्गानालाई सम्मान गरेको थियो । कार्यक्रमको पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका प्रबन्ध निर्देशक प्रताप वैद्य, कलेजका सहायक कलेज प्रमुख, बिद्यालयका प्रिन्सिपल ज्यूहरुद्धारा विद्यार्थीहरुलाई मेडल, प्रमाण–पत्र, टिका र खादा प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलाप विद्यार्थी जीवनबाटनै सुरु गर्नु पर्ने र यसले भविष्यमा जुन सुकै परिस्थितको सामना गर्न सकिने बताउदै उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सहायक कलेज प्रमुख नवराज चौलागाईले विद्यार्थीहरुलाई बधाईका साथै सधै विद्यार्थीको जिवनले सफलता र लक्ष्य चुम्न सफल होस भन्ने शुभकामना दिएका थिए । प्रतिष्ठान अन्तर्गत सञ्चालित विद्यालय स्तर आगामि निर्वाचन कसरी मर्यादित गर्ने भन्ने विषयमा वक्तृत्व कला कार्यक्रम सञ्चालन गरिको थियो । उक्त कार्यक्रयमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: