जो नेपाललाई असाध्यै माया गथ्र्यो

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

(खेलकुदका बादशाह शरदचन्द्र शाह अब यो धर्तीमा रहेनन् । २०६९ असार ६ गते बुधबार सिंगापुरमा उनको निधन भयो । नेपालको इतिहासमा विरलै यस्त मान्छेहरु जन्मन्छन् । जो आफ्नो परिचयका क्रममा कोही राजा महेन्द्र जसले आधुनिक नेपालमा अथक योगदान दिए । राजा महेन्द्र र वीपी कोइरालाको व्यक्तित्वको टकरावले यो देश माथि उठ्न सकेन । त्यसपछि बेग्लै छवि भएका मरिचमान सिंह, शरदचन्द्र शाह देखि लिएर नेपाल राष्ट्रको सपुतका रुपमा हामीले मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको जीवन अनि उनीहरुको राष्ट्रिय भाव लगावलाई बुझ्न अति आवश्यक छ । यहाँ चर्चा गर्न खोजिएको व्यक्तित्व हो शरदचन्द्र शाह । खेलकुदको इतिहासमा शक्तिशाली अनि प्रभावशाली व्यक्तित्व, इतिहास र राजनीतिका ज्ञाता उनी कस्ता व्यक्तित्व थिए, राष्ट्रले उनलाई किन उपेक्षा ग¥यो भन्ने सवालमा उनका पुत्र सबल शाहले गत बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा प्रकाशित गरेको लेख सान्दर्भिक ठानेर हामीले यहाँ प्रकाशन गरेका छौं – आर.एल श्रमजीवी)
बेइमानहरु पुरस्कृत र इमानदारहरु तिरस्कृत बनेका धेरै उदाहरण हामीमाझ छन । यही समाज कतिसम्म परपीडक छ भने अरुलाई दुख्दा अट्टहास गर्ने पनि छन् । अर्काको शोक र मृत्युको घडीमा मृत भएकै व्यक्तिलाई सत्तोसराप गरेर बा“चेकालाई पीडा दिनसमेत पछि पर्दैनन् । बा“चुन्जेल त खेदे–खेदे कोही कसैलाई मरणमा पर्दासमेत सुख दिदैनन् ।
प्रसंग, अघिल्लो बुधबार सिंगापुरमा मृत्युस“ग संघर्ष गर्दै भेन्टिलेटरमै प्राण त्यागेका शरद्चन्द्र शाहको हो । बिहीबारको अखबार रंगियो – विवादास्पद व्यक्तित्व, दरबारिया, ०४६ सालको आन्दोलनको दमनकर्ता आदि–आदि भन्दै । के राजपरिवारस“ग नजिकको खानदानमा जन्मनु कसैको अभिशाप हो ? उहा“लाई ४६ सालको जनआन्दोलनमा खेलाडी प्रयोग गरेर दमन गरेको आरोप लाग्यो । यति छिट्टै तथ्य–तथ्यांक र सत्यता बिर्सने गरी के सा“च्चै नेपाली जनताको स्मरणशक्ति कमजोर भएकै हो ? ०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन सुरु हु“दा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव इन्दुबहादुर शाही थिए । त्यसको अघिल्लो वर्ष ०४५ सालमा रंगशालामा फुटबल म्याच चल्दै थियो । बीचैमा आएको आ“धी–हुरीका कारण भागदौड हु“दा ७२ जनाले ज्यान गुमाउनुप¥यो । यो घटना भएलगत्तै शरद्चन्द्र शाहले नैतिकताका आधारमा राजीनामा गर्नुभएको हो । ०४६ सालको आन्दोलनको पहिलो सिकार उहा“लाई बनाइयो । लाग्थ्यो, आन्दोलन उहालाई लखेट्नकै निम्ति भएको हो । मैतीदेवीमा अवस्थित घर डढाइयो जसबाट देश÷विदेशबाट संकलित अत्यन्तै दुर्लभ हजारौ थान पुस्तक खरानी भए, अन्य दुखाइको त हिसाबै छैन । यसपश्चात उहाँ देशबाटै पलायन हुनुभयो, सिंगापुरमा बा“की समय व्यतित गर्नुभयो ।
बाबालाई नजिकबाट चिन्नेहरु स्पष्ट वक्ता, आफूलाई लागेको कुरा प्रस्टैसँग भन्ने हक्की स्वभावको, द्वैध चरित्र नभएको व्यक्तिका रुपमा चिन्दछन् । सूर्यबहादुर, लोकेन्द्रबहादुरहरु बहुदलमा पनि दोहो¥याई–दोहो¥याई प्रधानमन्त्री भए । दलसँग ठिक्क भएर राजालाई कुरा लगाउने र (राजा) दरबारका कुरा विदेशीलाई सुनाउने अनि नया“–नया“ शब्दजाल रचेर बहुदलीय नेताहरुलाई दारु र डिनरमा दंग पार्ने बहुरुपी रमेशनाथ पाण्डेहरु मन्त्री र झन्डै राष्ट्रिय सभाका अध्यक्ष भए । ती अझै पनि छेपारोले भैm“ रंग बदल्दै कान्तिपुरमार्फत दुनिया“लाई उपदेश बाँड्दै छन् । बाबालाई दरबारियाको आरोप लाग्यो, तीनकुनेस्थित कान्तिपुर हस्पिटलमा बस्नुअघि तीन महिनादेखि पा“च मिनेटकै लागि मात्रै भए पनि पूर्वराजास“ग दर्शनभेट गर्न समय मागिरहनुभएको थियो । तर निर्मलनिवासले उहा“का निम्ति केही सेकेन्ड पनि ‘निगाह’ गरेन । के गर्नुभएन मेरा बाबाले खेलकुद उत्थानका लागि ? प्रतियोगितात्मक खेलको दौरान भुइ“को माटो उठाएर खेलाडीलाई उहाँ राष्ट्रिय भावनाले उत्प्रेरित गर्नुहुन्थ्यो । मातृभूमिको दूधको भारा हामीले तिर्नुपर्छ भन्दै उत्साहित गर्नुहुन्थ्यो । उहा“को राष्ट्रियताको कुरा सुन्दा खेलाडी नै जुरुक–जुरुक हुन्थे । हाल अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा, डिआइजी विज्ञानराज शर्माहरुलाई सोध्दा थाहा हुन्छ उहा“को राष्ट्रियता, राष्ट्रभक्ति र खेलकुदप्रतिको समर्पण कस्तो थियो भनेर । तर, कसैले चिन्न चाहेन उहा“लाई । अरूको के कुरा, जसका निम्ति जीवन समर्पित गर्नुभयो त्यही खेलकुद परिषद्ले समेत एकधर्काे समवेदना दिएन ।
इतिहास खोतले हुन्छ, रंगशाला कसको पालामा बन्यो ? देशभर कसले बनायो कभर्ड हल ? अनि को हो लोक–दोहोरी प्रतियोगिता सुरु गराउने मान्छे ? ७५ जिल्लाको गाउ“–बस्ती–कुन ठाउ“ छ जहा“ शरद्चन्द्रले पाइला नटेकेका हुन् । पञ्चायतकालमा जनतालाई कुङ्फु, कराते खेल्न प्रतिबन्धजस्तै थियो । उहा“ले नै हो यो खेल सुरु गराएको । हिजो जनताका निम्ति उहा“ले सुरु गराएको यही खेलले आज विश्वसामु स्वर्णपदक जिताएर नेपालको इज्जत र नाक जोगाइराखेको छ ।
शाही शासनकालको अधिकांश समय ब्यांककमा व्यतित गर्नुभएका मेरा बाबाले कुनै कालखण्डमा राजभक्ति देखाउनुभयो होला तर कसैले भन्न सक्छ उहा“ले देशको सम्पत्ति यहा“ हिनामिना गर्नुभयो भनेर ? कुन अख्तियार र कुन सतर्कता केन्द्रले यो भन्न सक्छ ? खोजे हुन्छ ।
सत्कर्ममा विश्वास गर्ने उहा“ले बा“की समय सिंगापुरबाट लुंगी, कुर्ता, सुरुवाल ल्याएर भारतका बजारमा बेच्नुभयो । पण्डिचेरीको अनिरुद्र आश्रममा दश रुपैया“ छाक खाएर महिनौ“ गुजार्नुभयो, कसैले देखेको छ उहा“को दुःख ? राजखानदानको छोरा भएर कसैले भोगेको छ यत्तिको भुक्तमान ? तर, बदलामा देशले के दियो, बदनामी सिवाय ? अरु त अरु, पत्रकारहरुले समेत अवसानपश्चात् पनि खेदो खन्न बा“की राखेनन् ।
जीवन–मरणको अन्तिम दोसा“धमा हु“दा बारम्बार भनिरहनुभयो – मलाई कमजोर अवस्थामा नेपाल नफर्काओ । बाग्मतीको भद्रगोलमा म अनुप राणा, रवि शाहको जस्तो नियती भोग्न चाहन्न“ ।’ बेहिसाब कथा, कविता लेख्नुभयो । उहा“को चाहना र योजना थियो आत्मकथा लेख्ने तर पूरा हुन सकेन । इतिहासको भारी थियो उहा“स“ग, बारम्बार भन्ने गर्नहुन्थ्यो – पद्मशमशेरले खुट्टा नकमाएको भए आज हामी भूपरिवेष्ठित देशका बासिन्दा भएर बस्नुपर्दैनथ्यो । पश्चिममा गंगा र पूर्वमा मणिपुर, आसामसम्म हाम्रो बाटो खुला हुने थियो । आज ती भेगमा पुग्न भारतले हामीस“ग उल्टो बाटो माग्नुपर्ने हुन्थ्यो । बाबाको कुरा सुन्दा आङ ढक्क फुल्थ्यो ।
मदिरा कसले पिउ“दैन ? तर कति पिउने ? कुन समयमा पिउने, कसरी पिउने ? यो सम्पूर्ण निपुणता, दोहोरी गाउने गलादेखि यी सम्पूर्ण ज्ञानको कला उहा“स“ग थियो ।
ज्ञानको विशाल सागर थियो, उहा“भित्र । त्यो हामीले उपयोग गर्न पाएनौ“, त्यो ज्ञानबाट लाभान्वित हुन सकेनौ“, यो दुःखद् पाटो हो । उहा“स“ग कुन विषयको मात्रै अनुभव थिएन ? जुद्धशमशेरको मावली को हो ? लखनउबाट लखेटिएकी जौहर जान कसरी नेपाल भित्रिएपछि जुहारकुमारीमा परिणत भइन् ? अनि कसैको सेवाबापत प्रभावित भएर टिप्स दिन बेलायतीलाई जंगबहादुरले कसरी सिकाएलगायत संस्मरण थियो उहा“स“ग । दुर्भाग्य ! हामीले बुबामा भएको यो ज्ञानलाई पुस्तकको रुप दिन सकेनौ“ । अहिले बाबा हामीबीच हुनुहुन्न, उहा“को मुहारको धमिलो रेखा स्मरण आइरहेछ, आइरहनेछ । हामीमाझ उहा“को अस्तु मात्रै छ, निशानीका रुपमा बाग्मतीमा सेलाउनका लागि । जाने त गइहाल्नुभयो तर कुरै नबुझी अरुमाथि अनायासै गालीको वर्षा नगरौ“ । जो जे हो उसलाई त्यही रुपमा चिन्ने प्रयास गरौ“ । हल्लाको देशमा कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडने होइन, पहिले कान छामौ“ । जुन मान्छे÷व्यक्ति जे छ जे हो उसलाई त्यही रुपमा चिनौ“÷चिनाऔ“ । यसो गर्न सकेमा मात्रै हाम्रो भविष्य उज्ज्वल छ र सन्ततिले पनि हामीलाई त्यही रुपमा चिन्नेछन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: