जेसीज सप्ताह २०१२ आरम्भ

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

बनेपा जुनियर जेसीज, काभ्रे महिला जेसीज र काभ्रे जेसीजको संयुक्त आयोजनामा यस वर्षको समुदायमा जेसीज कार्यक्रम साउन २६ गतेबाट सुरु भएको छ । क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट सुरु भएको उक्त अभियानको काभ्रे जेसीजका प्रथम अध्यक्ष एवं संस्कृतिविद् ज्ञानकाजी मानन्धरले उद्घाटन गर्नुभएको थियो । काभ्रे जेसीजका अध्यक्ष गणेशकुमार रञ्जितको सभापतित्वमा भएको कार्यक्रममा संयोजक विकास मानन्धरले आगामी भाद्र ९ गतेसम्म संचालन हुने विभिन्न कार्यक्रमबारे जानकारी दिनुभयो । १०० जनाको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा सत्यश्वर मकैले प्रशिक्षण दिनुभएको थियो ।
यसै अन्तर्गत साउन २७ गते बनेपा नगरव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । १७ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको संयोजन सरोजा बादेले गर्नुभएको थियो । जेसीज सप्ताह अन्तर्गत प्रभावकारी सार्वजनिक भाषण तालिम, बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी वितरण, माविस्तरीय वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरु रहेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: