जुनकिरीको साहित्यिक कार्यक्रम

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

बनेपा । स्थापनाको दश वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको जूनकीरी साहित्यिक अभियानले हालै जुनकीरी सिर्जना वाचन कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा झण्डै ३ दर्जन स्रष्टाका रचना प्रस्तुत भएका थिए । कविता, गीत, गजल, मुक्तक, हाइकू लगायतमा विविध विधाका रचनाहरु पाठ गरिएको कार्यक्रममा प्रस्तुत रचनाहरु माथि महेशप्रसाद कोइरालाले टिप्पणी गर्नुभएको थियो । अभियानका अध्यक्ष माधव काभ्रेलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा हरिप्रसाद चौलागाई र आरसी बिरहीले हाम्रो मौलिक र विशिष्ट असारे भाका जोगाउनु पर्छ भन्दै असारे गीत गाउनु भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: