जनयुद्ध र संविधान नबन्दा मुलुक ३० वर्ष पछि पुग्यो

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

टाइम्स विश्लेषक
माओवादीले गरेको जनयुद्ध र त्यसमा मर्ने, मारिने मान्छेहरु, ध्वस्त भएका भौतिक संरचनाहरुले मुलुक धेरै पछि प¥यो प¥यो, त्योभन्दा ३० वर्ष नेपाल पछि परेको छ । नेपालको आर्थिक बृद्धिदर घटेको छ । जनता जागरुक भएको भनिएता पनि अबको पाँच वर्ष भित्रमा एक करोड युवा जनशक्ति विदेश पलायन हुनेछ । युवा जनशक्ति विदेशीनु देश विकास हुनु होइन । देशमै रोजगार सृजना गर्नुपर्ने ठाउँमा देशका युवालाई विदेश धपाएर सत्तामा हाली मुहाली गर्ने काम यहाँका टाठाबाठा भनाउँदाहरुले गर्दै आएका छन् ।
संविधान बनेको भए काभ्रेलाई फाइदा हुने मात्र होइन, हाम्रो यो ठाउँको नाम देश विदेशमा पनि चम्कने कुरा निश्चित थियो । विडम्वना हाम्रो देशका नेताहरुले यो कुरालाई बुझ्नै सकेनन् । संविधान निर्माण भएको अवस्थामा निजी क्षेत्रमा धुलिखेलदेखि पलाञ्चोक भगवती मन्दिरसम्म १४ किलोमिटर केबुलकार खोल्ने निश्चित थियो । त्यसका लागि अध्ययन प्रतिवेदन पनि तयार भएका थिए । मुलुकभित्र एक दर्जन पाँचतारे होटल खोल्ने योजना थियो । यो सबै ठूला दलका शीर्ष नेताका कारण भताभुङ्ग भएको छ । संविधान बन्ने टुंगो छैन । यही अवस्थामा चुवना हुने कुनै लक्षण छैन । सहमति र सहकार्यको राजनीति भीडन्तमा पुग्ने अनुमान गर्न सकिन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: