जनमतको अन्तक्र्रिया सम्पन्न

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा जनमत प्रकाशनद्वारा प्रकाशित एवं राममणि ढुंगेलद्वारा लिखित कवितासंग्रह ‘अक्षरभ्रूण र अर्को बुद्ध’ कृतिमाथि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वक्ताहरु डा. रामप्रसाद ज्ञवाली, कृष्ण धरावासी र डा. यादव लामिछानेले कविताको चर्चा गर्दै कवितामा प्रयोग गरिने शीर्षक, बिम्ब, प्रतीक र ध्वनिबारे आ आफ्नो मन्तव्य राख्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपछि गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सभापति जनमतका अध्यक्ष मोहन दुवालले जनमत यात्राबारे आफ्नो अनुभव सुनाउनुभएको थियो । सोही अवसरमा पत्रकार यशोदा तिम्सिनालाई ०६८ सालको कमला सैंजू जनमत सम्मान हस्तान्तरण गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: