जनप्रतिनिधिहरुलाई सम्मान

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

पाँचखाल न.पा. १० काभ्रेले पौष १५ गते शनिबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७४ मंसिर २१ गतेको निर्वाचनबाट विजयी हुन सफल उम्मेदवारहरुलाई एक भव्य समारोहबिच हार्दिक बधाइ एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रतिनिधि सभा क्षेत्र नं. २ का सभाषद गोकुल बास्कोटा र प्रदेश सभा सदस्य क्षेत्र नं. १ काभ्रेका लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम पाँचखाल नगरपालिका १० रानीपानीबाट सुरु भइ चाँपको बोट, आचार्य गाउँ, भोटेटार, नयाँगाउँ, लुइटेल गाउँ हुदै बेलासम्म पुगेर कोणसभामा परिणत भएको पाँचखाल वडा नं. १० आयोजक कमिटीले जनाएको छ । कार्यक्रममा पाँचखाल नगर वामगठबन्धनका संयोजक मणिराज गौतम लगायत पार्टीका राजनीतिक कार्यकर्ता एवं शुभचिन्तकहरुको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: