जनचेतनामूलक ¥याली

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

बनेपा । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसियसन नेपाल काभ्रे शाखाले बिहीबार जनचेतनामूलक ¥यालीको आयोजना ग¥यो । नेरेसो काभ्रे शाखाका सभापति श्यामसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएकोले ¥याली नगरपरिक्रमा पश्चात सभामा परिणत भएको थियो । ब्लोडान काभ्रेका अध्यक्ष राजु शाक्यको सभापतित्वमा भएको सभामा काभ्रेमा महिलातर्फ हालसम्म ५६ पटक रक्तदान गरिसक्नुभएकी पुण्यवती घलेलाई सम्मानित गरिएको थियो । सो सभामा प्रमुख अतिथि श्रेष्ठ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सचिव विमल सिकु श्रेष्ठ, ब्लोडानका केन्द्रीय उपाध्यक्ष धर्मभक्त प्रधान, शाखा उपाध्यक्ष कृष्णकुमार केसी लगायतले रक्तदानको महत्वबारे बोल्नुभएको थियो भने काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्यले संघले तर्फबाट यस्तो कार्यका लागि सक्दो सहयोग प्रदान गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रमको संचालन सचिव गणेशकुमार रञ्जितले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: